News 24 Television
वर्षेनी बढ्दैछ धानको उत्पादन, किसान नयाँ–नयाँ प्रयोगमा 

कञ्चनपुर । सुुदुरपश्चिमका अन्य नगरभन्दा सबैभन्दा बढी खेतीयोग्य जमिन रहेको बेलौरी नगरपालिकाले धान खेतीमा सफलता हासिल गरिरहेको छ । उत्पादन वृद्धिमा पनि यस नगरको प्रगति राम्रो बनिरहेको देखिन्छ । बेलौरीका किसानले नयाँ प्रविधिको प्रयोगलाई समेत जोड दिइरहेकाले उत्पादन वृद्धिमा सहयोग पुगेको हो । 

कञ्चनपुुरको बेलौरी नगरपालिका खेती योग्य जमिनले भरिपूर्ण नगर हो । यहाँ सुदूरपश्चिमका अन्य नगरमा भन्दा बढी खेती योग्य जमिन रहेको पनि बताइन्छ । खेतीयोग्य जमिनलाई नगरवासिले उपयुक्त ढंगले सदुपयोग गरेका पनि छन् । बेलौरीले ८१\८२ मा १५ प्रतिशत बढीले धान उत्पादन हुने आंकलन गरेको छ । 

बेलौरी नगरपालिकामा रहेको ४ हजार ५० हेक्टर जमिनमा ७८\७९  सालमा १ लाख ५० हजार क्विन्टल धान उत्पादन भएको थियो । 

८०\८१ मा १ लाख ८० हजार  पचास क्विन्टल धान उत्पादन भएको नगरपालिकाको अनुमानित तथ्यांक छ । नयाँ प्रविधिको प्रयोगसंगै सहि समयको प्रयोग , सहि श्रोत , सहि मात्रा ,सहि ठाउ यसरी यी ४ स को प्रयोग गर्न सके कृषिमा राम्रो उत्पादन गर्न सकिने किसानमा बिश्वास छ ।

धान खेती गर्दा आफुुहरु तालिम अनुुसार खेती गरी राखेको र माटो परिक्षण गरेर मात्रै कृषि गरी राखेकोले अहिले धान खेती उत्पादनमा बृद्धि भएको किसान बताउँछन ।

परम्परागत कृषि पेशा भन्दा आधुुनिक कृषि खेती गर्दा नया प्रविधिको प्रयोग हुुने भएकोले यसले समयको बचत र लगानीमा समेत कमी आउने कृषक बताउँछन् ।

यहाँका किसानले अहिले ड्रोन मार्फत मल छर्ने, नया प्रविधिबाट बिउ रोप्ने र माटो परिक्षण लगायत कृषि प्राविधिकको सल्लाह अनुुसार खेती गर्दै आइरहेका छन जसमा अहिले यान्सा परियोजना र बेलौरी नगरपालिकाले सहयोग गरी राखेको छ । 

नेपाल बिउ तथा मल परियोजना ( सिमिट) को सहयोगले बेलौरीका किसानले अनुुदानमा कृषि यन्त्र, माटो परिक्षण,हरियो मलको प्रयोग र तालिम प्रदान गर्दा उत्पादन राम्रो  भएको नेपाल बिउ तथा मल परियोजना ( सिमिट) सुुदुुुरपश्चिमका अनुुसन्धान प्राविधिक राजेन्द्र उपाध्याय बताउछन् । 

बेलौरी नगरपालिकामा सरकारले कृषकको समस्याको मध्यनजर गर्दै कृषि सम्बन्धि नयाँ योजना ल्याउन सके यहाँका किसानमा थप हौसाला बढाउने देखिन्छ । 

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  ०५:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update