News 24 Television
उपसभामुख इन्दिरालाई हटाउने यस्तो छ रणनीति

काठमाडौं । उपसभामुख इन्दिरा रानामगरको राजीनामा मागिरहेको सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसलाई दुईतिहाई पु¥याउन सजिलो छैन । 

दुई सय २७५ सदस्यीय प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाउँदा एक सय ८८ मत पाएका थिए । तर उनलाई विश्वासको मत दिएको जनमत पार्टीका अध्यक्ष डा. सिके रावतले उपसभामुखको राजीनामा दिनुपर्ने सत्तारुढ दलको माग जायज नभएको बताइरहेका छन् । 

असम्बन्धित व्यक्तिहरुलाई अमेरीका जानका लागि अन्तर्वाताको मिति मिलाईदिन पत्र लेखेर उपसभामुख इन्दिरा राना मगरले पदीय आचरण दुरुपयोग गरेको सत्तारुढ दलका सांसदहरुले बताइरहेका छन् । 

त्यसका लागि राजनीनामा दिन दबाब पनि बढाइरहेका छन् । तर उपसभामुखलाई हटाउनका लागि दुई तिहाइ सांसदको अवस्यकता पर्छ । सत्तारुढ दल एमाले र कांग्रेस रानामगरलाई नहटाई नछाड्ने पक्षमा देखिन्छ । तर कांग्रेस र एमालेको चाहनाले मात्रै पुग्दैन । 

२ सय ७५ सदस्य प्रतिनिधिसभामा कांग्रेससंग ८८ सिट छ भने ७९ सांसद रहेको एमालेबाटै देवराज घिमिरे सभामुख भएका हुन् भने टोपबहादुर रायमाझी निलम्बित छन् । 

त्यसैले एमालेका ७७ सांसदले मात्रै मतदान गर्न पाउछन् । कांग्रेस र एमालेको संख्या जोड्दा १ सय ६६ मात्रै हुन्छ । तर दुई तिहाई बहुमतका लागि १ सय ८४ सांसद आवश्यक पर्छ । यसका लागि सत्ता गठबन्धन दलहरुसँगको मत सुनिश्चिित गर्न दुई दल लागिपरेका छन् । तर ओलीलाई विश्वासको मत दिएको जनमत पार्टी उपसभामुख हटाउने पक्षमा देखिदैन । जनमतसंग ६ सांसद छन् । 

सत्ता गठबन्धनमा रहेको अशोक राई नेतृत्वको जसपाको प्रतिनिधिसभामा ७ सदस्य छ भने लोसपा र नागरिक उन्मुक्तिसँग ४÷४ सांसद छन् । ओलीलाई विश्वासको मत दिएका २ स्वतन्त्र सांसद कुन कित्तामा खुल्छन् अझै प्रष्ट भैसकेको छैन । 

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले सरकारलाई विश्वासको मत दिए पनि सरकारमा सहभागि नभएको गठबन्धनलाई साथ दिने देखिदैन । जसले गर्दा दुई तिहाई पुर्याउनका लागि ३ मत नपुग्ने देखिन्छ । तर कांग्रेस र एमाले भने बहुमत पु¥याउन नेकपा एकिकृत समाजवादीलाई फुटाल्न सक्नेसम्मको विश्लेषण भैरहेको छ । 

नेकपा एस भित्रको आन्तरिक किचलो झाङ्गिदै गइरहेका बेला रामकुमारी झाँक्रीसहितका केही नेता र सांसदहरु एमालेसँगको छलफलमा छन् । 

प्रेमबहादुर आले, कृष्णकुमार श्रेष्ठ (किसान) र प्रकाश ज्वाला पनि पार्टी नेतृत्वप्रति रुष्ट छन् । सत्तारुढ केहि साना दलको साथ नपाउने जस्तो देखिएकाले उपयुक्त वातावरण निर्माणका लागि कांग्रेस र एमाले जुटिरहेका छन् । 

उनीहरुले उपसभामुखले पदीय जिम्मेवारी र आचारण अनुकुलको काम गर्न नसकेको भन्दै मार्ग प्रशस्त गर्न सुझाइरहेका छन् । 

उपसभामुखले पदिय आचरणको कार्य नगरेको बताई रहेको एमाले र कांग्रेसले आफ्ना सांसदहरुलाई असोज ३ गतेसम्म काठमाडौं नछाड्न र उपत्यका बाहिर भए पनि आउन निर्देशन जारी गरिसकेका छन् । 

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  ०५:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update