बालुवाटारमा ओली, प्रचण्ड र देउवाबीच भेटवार्ता
काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष तीन दलका नेताबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रमुख प्रतिपक्ष दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिहीबार बिहान बालुवाटार पुगेको स्रोतले जनाएको छ । लगत्तै सत्ता साझेदार दल कांग्रेसका सभापति शेरबहादुर देउवा पनि पुगेका थिए ।
शीर्ष तीन नेताबीच भेटवार्ता भएको र समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । संवैधानिक निकायको रिक्तता र प्रधानमन्त्रीको आसन्न अमेरिका भ्रमण लगायत विषयमा छलफल भएको बताइएको छ । नयाँ प्रधानन्यायाधीश सिफारिसको विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले शुक्रबार साँझ ५ बजेका लागि संवैधानिक परिषद्को बैठक बोलाएका छन् । आजको भेटवार्तामा यसबारे छलफल भएको हो ।
प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१ १२:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय