News 24 Television
ज्योति विकास बैंकका ग्राहकहरुलाई शाइन इखाडोल फिटनेस तथा रिक्रीयशन सेन्टरको विशेष छुट

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले काठमाडौंस्थित "Shine Ikhadol Fitness & Recreation Center Pvt. Ltd” मा बैंकका ग्राहकहरूलाई १०% को विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ ।

यस सम्झौतापश्चात्, ज्योति विकास बैंकका ग्राहकहरूले ठुलो भ-याङस्थित शाइन इखाडोल फिटनेस तथा रिक्रीयशन सेन्टरको खानामा १०% छुट प्राप्त गर्नेछन् ।

उक्त स्विमिङ्ग पूल सहितको फिटनेस तथा रिक्रीयशन सेन्टरमा पौडी सम्बन्धी तालिमहरुको पनि व्यवस्था रहेको छ । हालै बैंकले ललितपुरस्थित "Medex Multispecialty Clinic & Diagnostic Center" मा २०% सम्मको छुट प्रदान गर्ने सम्झौता गरेको छ। यसका साथै, बैंकले काठमाडौंस्थित प्रख्यात "Tranquility Spa" का देशभरका १७ वटै आउटलेटहरूमा हरेक सेवा तथा सुविधाहरूमा ग्राहकहरूलाई ३०% सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ। साथै, बैंकले Jasmine Fitness Club & Spa मा २०% सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ ।

ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सह्कार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ।

संस्थागत सुशासनलाई शिरोपर गर्दै, समाजप्रति उत्तरदायी यस विकास बैंकले नवीनतम चिन्तनका साथ समाजको अभ्युदय र दिगो परिवर्तनको संवाहक बन्दै समस्त नागरिकको जीवन जाज्वल्यमान बनाउने उद्देश्यलाई सदैव उच्च प्राथमिकतामा राख्ने कार्यलाई निरन्तरता प्रदान गर्ने र आगामी दिनहरू पनि परिवर्तनको ज्योति बन्ने अठोट प्रति प्रतिबद्ध रहेको छ।

आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ । 

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  ११:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update