News 24 Television
रुसी सेनाद्वारा १४४ युक्रेनी ड्रोनहरू नष्ट

एजेन्सी । रुसी सेनाले मंगलवार देशका नौ क्षेत्रहरूमा १४४ युक्रेनी ड्रोनहरूलाई नष्ट गरेको छ । रुसी रक्षा मन्त्रालयले ब्रायनस्क क्षेत्रमा ७२, मस्को क्षेत्रमा २० र रुसको कुस्र्क क्षेत्रमा १४ वटा ड्रोन नष्ट गरिएको जनाएको छ ।

मस्को क्षेत्रका गभर्नर एन्ड्री वोरोबाइभका अनुसार रातारात मस्को क्षेत्रको रामेन्सकोये जिल्लाका अपार्टमेन्ट भवनहरू ड्रोन आक्रमणको परिणामस्वरूप क्षतिग्रस्त भएका थिए । प्रारम्भिक जानकारी अनुसार त्यस क्रममा एक महिलाको मृत्यु भएको छ । तीन जनालाई अस्पतालमा भर्ना गरिएको छ भने ४३ जनालाई अस्थायी आवास केन्द्रमा राखिएको छ ।

रक्षा मन्त्रालयले तुला क्षेत्रमा १३, बेल्गोरोड क्षेत्रमा आठ, कालुगा क्षेत्रमा सात, भोरोनेज क्षेत्रमा पाँच, लिपेत्स्क क्षेत्रमा चार र ओरियोल क्षेत्रमा एक वटा ड्रोन नष्ट भएको जनाएको छ । 

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  ११:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update