News 24 Television
डोरि काटिएको भिडियो प्रकरणमा निर्मल पुर्जाले पाए सफाइ

काठमाडौं । प्रख्यात हिमाल आरोही निर्मल पुर्जा अर्थात ’निम्सदाइ’ले सगरमाथा आरोहणका बेला डोरि काटिएको सन्दर्भमा सफाइ पाएका छन् । 

गत आरोहण सिजनका बेला सगरमाथामा अज्ञात व्यक्तिले डोरी काटेको भन्ने जानकारी र कुराकानीको भिडियो निर्मल पूर्जालेनै सामाजिक संजालमार्फत सार्वजनिक गरेका थिए । 

सार्वजानिक भिडियोप्रति सरकारले चासो राख्दै आरोही पूर्जालाई बयान लिने निर्णय गरेको थियो । त्यसपछि पर्यटन विभागले आरोही पुर्जासँग बयान र स्पष्टीकरण लियो । त्यस्तै अन्य प्रमाणका आधारमा पनि उनले दिएको सूचनाको आशय सगरमाथाको प्रतिष्ठा र गौरवमा आँच पुर्‍याउने उद्देश्य तथा मनशाय नभएको भन्दै सामान्य सचेत गराएर सफाइ दिएको हो ।

गत साउन २२ गते नै पुर्जालाई भविष्यमा आरोहणसँग सम्बन्धित सूचना सम्प्रेषण गर्दा विभागको सहमति र समन्वय लिन निर्देशन दिइसकेको छ । 

त्यस्तै आरोही पुर्जाले यस सन्दर्भमा छानविन गरेकोप्रति सरकारलाई धन्यवाद दिएका छन् । उनले सामाजिक संजालमा  एक स्टाटस लेख्दै समग्र पर्वतारोहण समुदायको सुरक्षामा सरकारको पारदर्शिता र प्रतिबद्धताप्रति आभार व्यक्त गरेका छन् । 

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  ०५:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update