News 24 Television
कार्यकर्ता भर्ती गर्न उपसभामुखविरुद्ध महाअभियोग लगाउँदैछन् : अध्यक्ष लिङदेन

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले संवैधानिक परिषदमा सहज बहुमत पुर्याउन उपसभामुख इन्दिरा रानाबिरुद्ध महाअभियोग लगाउने तयारी गरिएको भन्दै विरोध जनाएका छन् ।

मंगलवार झापामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाली काँग्रेस र नेकपा एमाले सहितका सत्तारुढ दलहरु संवैधानिक अंगहरुमा आफ्नो कार्यकर्ता नियुक्ति गर्न र अहिलेको संवैधानिक परिषद्को गणितलाई सहज बनाउन उपसभामुख हटाएर कार्यकर्ता नियुक्ति गर्ने तयारीमा लागेको बताए ।

जनताको असन्तुष्टि छताछुल्ल भइराख्दा पनि राजनीतिक दलहरु सच्चिने बाटोमा नगएको भन्दै उनले राजनीतिक दलहरु फेरि पनि जति सकिन्छ लुटौँ भन्ने बाटोमा गइरहेको आरोप लगाए । उनले सत्तारुढ राजनीतिक दलका लागि देश प्राथमिकतामा नरहेको बताए ।

उनले भने, ‘मलाई सचेतकले भनिरहनुभएको थियो, काँग्रेस र एमालेको बैठक र सरसल्लाह के भइरहेको छ रे भने संवैधानिक अंगहरुमा आफ्नो कार्यकर्ता नियुक्ति गर्न अहिलेको संवैधानिक परिषद्को गणितले अफ्ठ्यारो पा¥यो । बहुमत पुगेन रे । बहुमत नपुगेपछि बहुमत पुर्याएर आफ्नो कार्यकर्ता नियुक्ति गर्न के गर्नुप¥यो भन्दा उपसभामुख हटाउन महाअिभियोग लगाउनुपर्यो भनेर भनिरहेको छ । देश कहाँ गइरहेको छ । यत्रो परिवर्तन आइसक्दा, जनताको असन्तुष्टि यस प्रकार छताछुल्ल भइराख्दा पनि उनीहरु सच्चिने बाटोमा छैनन् । फेरि पनि जति सकिन्छ लुटौँ, जति सकिन्छ खाऔँ । सबै हामी खाऔँ भन्ने बाटोमा लागेका छन् । देश प्राथमिकतामा छैन उनीहरुको ।’

अध्यक्ष लिङदेनले गणतन्त्र, धर्म निरपक्षता र संघीयताको बोझ देशले बोक्न नसक्ने बताउँदै यसको अन्त्य नगरी देशले स्थायित्व प्राप्त गर्न नसक्ने जिकिर गरे । देश र धर्म जोगाउने अभियानमा राप्रपा हिँडेको उनकाे भनाइ छ ।

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update