काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले सरकारी कार्यालयमा कार्यरतलाई खाजा समय आधा घण्टामा झार्ने भन्दै सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट सेयर गरे । धेरैले ओलीले खाजा समय एकबाट आधा घण्टा बनाए भन्दै तारिफ पनि गरे । तर, यो विषय केपी ओलीले होइन प्रचण्ड नेतृत्वकै सरकारले गरेको पाइएको छ । प्रचण्ड नेतृत्वको सरकारले पहिले नै निर्णय गर्दै राजपत्रमा सूचना प्रकाशित गरेको तर, अहिले ओलीले आफुले गरेको जस्तै गरी प्रचार गरेको पाइएको हो ।
प्रधानमन्त्री केपी ओली सामाजिक सञ्जालमा सक्रिय छन् । सामाजिक सञ्जालमा सक्रियतापूर्वक विभिन्न विषय सेयर गर्ने ओलीले सरकारी कार्यालयमा खाजा समय एक घण्टाबाट आधा घण्टामा झार्ने र सेवाग्राहीलाई चुस्त सेवा दिनुपर्ने दाबी गरे । तर, यो दाबी केपी ओलीले होइन प्रचण्ड नेतृत्वकै सरकारले गरेको हो । प्रचण्ड नेतृत्वको सरकारले पहिले नै निर्णय गर्दै राजपत्रमा सूचना प्रकाशित गरेको तर, अहिले ओलीले आफुले गरेको जस्तै गरि प्रचार गरेका हुन् ।
पुर्ववर्ती सरकारले २०८० माघ २९ गते नै राजपत्रमा सूचना जारी गरिसकेको थियो । २०८१ सालको सरकारी तथा सार्वजनिक विदासम्बन्धि सूचनामा नै यो व्यवस्था गरिएको छ । यस्तो सूचना राजपत्रमा प्रकाशन गरि जानकारी दिनुपर्ने कानूनी व्यवस्था समेत छ । सोहि कानून बमोजिम २०८१ सालमा हुने सार्वजनिक बिदादेखि कार्यालय समय लगायत विषयमा विस्तृत उल्लेख गर्ने गरिन्छ ।
प्रचण्ड नेतृत्वको तत्कालीन सरकारले त्यसबेला खाजा समय दिउसो १ः३० देखि २ बजेसम्म हुने व्यवस्था गरेको थियो । राजपत्रमा जारी सूचनामा यस्तो जानकारी सबै सरकारी कार्यालयमा दिने समेत भनिएको छ । खाजा समयबाहेकको अन्य समयमा सेवा प्रवाह र कार्यालयको कामकारबाही नरोक्ने गरि सम्बन्धित कार्यालय प्रमुखले व्यवस्था मिलाउनुपर्ने भनिएको थियो । तर, गएको माघमा नै भएको निर्णयलाई प्रधानमन्त्री ओलीले अहिले आएर प्रचार गर्न खोजेको देखिन्छ ।
मध्यमार्गबाट ओलीको चलाखी
ओलीले खाजा समय घटाउने विषयलाई ब्राण्डिङ गर्न कतिपय सरकारी कार्यालय भन्ने शब्द राख्दै कार्यालय समय आधा घण्टा कायम गरिएको जिकिर गरेका छन् । खाजा पनि खाने र काम पनि गर्ने भन्दै सेवा प्रवाहबारे निर्देशनात्मक जानकारी खोजेका ओलीले पहिले नै निर्णय भएपनि लागू नभएको भन्न् धक मानेको देखिन्छ । मध्यामार्ग खोजेका ओलीले जारी गरेको यस्तो निर्देशनमा समेत विभिन्न प्रतिक्रिया आउन थालेको छ ।