News 24 Television
नवनियुक्त प्रधानसेनापति सिग्देललाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ । नेपाली सेनाको प्रधानसेनापतिमा महारथी अशोकराज सिग्देल नियुक्त भएका छन् । उनलाई सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानसेनापति पदको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहबीच सिग्देललाई  दर्ज्यानी चिन्ह प्रदान गरिएको हो । सोही समारोहमा राष्ट्रपति पौडेलले नवनियुक्त  प्रधानसेनापति सिग्देललाई पद तथा गोपनीयताको शपथ ग्रहण समेत गराएका छन् । 

उक्त समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडल, गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मावविर राई लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू र सुरक्षा अंगका प्रमुखहरुको उपस्थिति थियो ।

नेपाली सेनाको परमाधिपति राष्ट्रपति रहने व्यवस्था छ । सोही आधारमा राष्ट्रपति पौडेलले सिग्देललाई भदौ १२ गते ४५औँ प्रधानसेनापतिमा नियुक्त गरेका थिए । नवनियुक्त प्रधानसेनापति सिग्देलको पदावधि आजदेखि लागू भएको छ । 


 

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  ११:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update