News 24 Television
विद्यालयमा आगलागी हुँदा १७ बालबालिकाको मृत्यु, राष्ट्रपतिद्वारा छानबिन आदेश

एजेन्सी । केन्याकाे एक विद्यालयमा भएको आगलागीमा १७ परी बालबालिकाको मृत्यु भएकाे छ । त्यहाँका राष्ट्रपति विलियम रुटोले उक्त घटनाको छानबिन गर्न आदेश दिएका छन् ।

आगालागीबाट १७ जनाको ज्यान गएको छ भने १३ जना गम्भीर घाइते भएका छन् । रुटोले न्यारीको हिलसाइड एन्दाराशा एकेडेमीमा भएको आगलागीमा दोषीलाई कारबाही गरिने बताए ।

राष्ट्रपतिले सरकारी निकायलाई पनि पीडितलाई सहयोग गर्न स्रोत परिचालन गर्न निर्देशन दिएका छन्। आगलागीमा परी मृत्यु हुनेको उमेर सातदेखि ११ वर्षको रहेको प्रहरीले जनाएको छ ।

राष्ट्रिय प्रहरी सेवाका प्रवक्ता रेसिला ओनयाङ्गोले आगलागीको कारण पत्ता लगाउन सुरक्षा विज्ञहरूको टोलीले अनुसन्धान गरिरहेको बताए ।

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  ११:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update