News 24 Television
प्रतिष्ठित ‘अणुव्रत पुरस्कार’ प्रसिद्ध उद्योगपति तथा सामाजसेवी रतन टाटालाई

काठमाडौँ । सन् २०२३ को लागि अणुव्रत विश्व भारतीद्वारा प्रदान गरिने प्रतिष्ठित ‘अणुव्रत पुरस्कार’ प्रसिद्ध उद्योगपति तथा सामाजसेवी रतन टाटालाई प्रदान गरिएको छ ।  एक कार्यक्रमका बिच उक्त पुरस्कार टाटाको मुम्बई स्थित निवासमा गएरै प्रदान गरिएको हो ।

अणुव्रत विश्व भारतीका राष्ट्रिय अध्यक्ष अविनाश नाहरसँगै त्यहाँ पुगेको प्रतिनिधिमण्डलले टाटालाई रू १ लाख ५१ हजार रुपैयाको पुरस्कारसहित स्मृति चिन्ह प्रदान गरेको छ ।

उक्त अवसरमा अणुविभाका महामन्त्री भीखमचन्द सुराना, मुम्बई भन्सार आयुक्त अशोक कुमार कोठारी, अणुविभाका उपाध्यक्ष विनोद कोठारी र सहमंत्री मनोज सिंघवी उपस्थित थिए ।

अणुविभाका अध्यक्ष अविनाश नाहरले टाटा लाई अणुव्रत पुरस्कार हस्तान्तरण गर्दै उनले मानव जातिमा गरेको सकारात्मक योगदान को प्रशंसा गर्दै विश्वमा मानवता को उत्कृष्ट उदाहरण प्रस्तुत गरेकोमा सम्पूर्ण अणुविभा परिवारको तर्फबाट बधाई दिए । अणुव्रत अनुशास्ता आचार्य महाश्रमणले टाटा लाई शुभकामना संदेश पठाउँदै उनको सुस्वास्थ्यको कामना समेत गरेका थिए ।

टाटाले अणुव्रत अनुशास्ता आचार्य श्री महाश्रमण प्रति हार्दिक सम्मान व्यक्त गरेका थिए ।अणुव्रत आन्दोलन ले विगत ७५ वर्ष देखि मानव एकता, नैतिकता, अहिंसा र सद्भावनाको क्षेत्रमा व्यापक कार्य गर्दै आएको सर्वविधित नै छ । 

आचार्य तुलसीले शुरू गरेको यो आन्दोलनले संयुक्त राष्ट्रसंघमा समेत आफ्नो विशेष पहिचान बनाएको छ । अणुव्रत पुरस्कार को श्रृङखलामा आत्माराम, जैनेन्द्र कुमार, शिवाजी भावे, शिवराज पाटिल, नितिश कुमार, डा.ए.पी.जे. अब्दुल कलाम, डा. मनमोहन सिंह, टी।एन. शेषन, प्रकाश आमटे लगायत प्रतिष्ठित व्यक्तित्वहरू लाई सम्मानित गरिएको छ ।

यस अवसरमा अणुव्रत प्रतिनिधि मण्डलले रतन टाटालाई अणुव्रत साहित्य हरू अणुव्रतु र बच्चो का देश भन्ने पत्रिकाका विशेष अंकहरू भेंट गरेका थिए । 

कार्यक्रममा टाटा लाई अणुव्रत का विभिन्न कार्यक्रम हरू जस्तै चुनाव शुद्धि अभियान, अणुव्रत डिजिटल डिटक्स, एलिभेट, पर्यावरण जागरूकता अभियान, नशामुक्ति अभियान, जीवन विज्ञान आदि का बारेमा जानकारी गराए । 

टाटाले अणुव्रत विश्व भारती परिवार लाई समाज सुधार का लागि गरिरहेका कार्यहरू प्रति प्रशंसा गर्दै हार्दिक बधाई तथा शुभकामना दिए । 

अनुव्रत सुरु भएको ७० बर्षदेखी यसको समिति नेपालमा पनि सञ्चालन रहेको छ । यसको अध्यक्षामा भुतपुर्व प्रधानमन्त्री स्व। मातृकाप्रसाद कोइराल समेत रहिसकेका छन् । 

अनुव्रत समिति मार्फत यसको नियम नसा मुक्ति, साम्प्रदायीक सौहाद्रताको लागी एवं अनेक प्रकारका मानवीय कल्याण हुने व्रतहरुको लागी यो अभियान नेपालको पुर्व मेचीदेखी पश्चिम महाकलीसम्म सञ्चालनमा रहेको छ ।  यसबाट नेपाली जनताहरु प्रत्यक्ष तथा परोक्ष रुपमा लाभान्वित भईरहेका छन् ।

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  १२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update