News 24 Television
जाजरकोटमा वडा सदस्यसहित २ जना पहिरोमा पुरिए

सुर्खेत । जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा खसेको पहिरोमा परेर वडा सदस्यसहित २ जना बेपत्ता भएका छन् । बारेकोट गाउँपालिका–६ की वडा सदस्य प्रेमकुमारी र उनका श्रीमान् मानबहादुर चलाउने पहिराेमा पुरिएका हुन् ।

उनीहरूको उद्धार प्रयास भइरहेको तर सफल नभएको साेही वडाका अध्यक्ष डम्बरबहादुर महताराले जनाएका छन् ।

चलाउनेकी ११ वर्षीया छोरी सम्झनाको भने घाइते अवस्थामा उद्धार गरी लिम्सास्थित अस्पताल पुर्‍याइएको वडाध्यक्ष महताराले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  ०९:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update