News 24 Television
ओली–प्रचण्ड भीडन्तले भयंकर डर, झापा विद्रोह हत्याको श्रङ्खला ! 

काठमाडौं । प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ बीच चर्को घोचपेच र मतभेद सतहमा आउन थालेको छ । 

सत्ता सहकार्य तोडिएसँगै माओवादी र एमाले आरोप–प्रत्यारोपमा मात्रै उभिएका छैनन, माओवादी युद्ध गलत थियो भन्न ओलीले झापा विद्रोहलाई पनि गलत भएको दाबी गरिदिएका छन् । 

नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओली विपक्षीमाथि हाबी हुन जस्तोसुकै कदम पनि चल्न सक्छन् । पार्टी सत्तामा होस वा राजकीय सत्ता नै किन नहोस, ओली आफ्ना विरोधी सिद्धाउन जस्तोसुकै कदम चाल्ने गर्छन् । 

यसैको परिणाम माओवादीले गरेको १० वर्षे लामो युद्धलाई ओलीले हिंसाको संज्ञा दिन अथक प्रयत्न गर्न थालेका छन् । 

ओलीले माओवादी युद्धलाई हिंसा करार गर्न अहिले यतिसम्म गरेकी उनी आफै सहभागी झापा विद्रोहलाई नै पहिलो पटक गलत भएको जिकिर गरेका छन् । 

ओलीले माओवादीले गरेको युद्ध जनयुद्ध नभएको र जन भन्ने शब्द आउने वित्तिकै सफलता प्राप्त हुनुपर्नेमा जोड दिएका छन् । 

ओलीले एक कार्यक्रममा बोल्दै माओवादी युद्ध जनयुद्ध नभएको र जनयुद्ध भए किन सफल भएन भन्दै प्रश्न गरेका छन् भने त्यसलाई हिंसा नै भनेका छन् । 

यता, केहिदिन पहिले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ओलीले माओवादी सशस्त्र संघर्षलाई हिंसा भनेर जनयुद्धको अपमान गरेको र विस्तृत शान्ति सम्झौताको उल्लङघन गर्ने काम गरेको आरोप लगाउँदै प्रतिकार गर्न पार्टी पंक्तिलाई निर्देशन नै दिएका थिए ।

प्रचण्डले यस्तो दाबी गर्दै गर्दा नेपाल बंगलादेश र श्रीलंकाको जस्तो बन्नसक्ने चेतावनी समेत दिदै आएका छन् । यस्तोमा ओलीले आक्रामक रुपमा प्रचण्डलाई आक्रोश व्यक्त गर्दै १७ हजार मान्छे नमारेको भन्दै असभ्य शैलीमा उत्रिने गरेका छन् ।

हुनत, ओली र प्रचण्डबीचको यस्तो विवाद पहिलो भने होइन् । यद्यपी, यसअघि प्रचण्डले कांग्रेस छाड्दै एमालेसँग सत्ता सहकार्य गरेपछि प्रचण्ड र आफूलाई दाजुभाईको संज्ञा दिदै सत्ता गठबन्धन फेर्ने भूमिका दुईजनाको रहेको दाबी गरेका थिए भने नेकपा बनाउदै पार्टी एकता नै गरेका थिए ।

एमालेभित्रका माओवादीलाई उकुसमुकुस

तत्कालीन नेकपा विभाजनसँगै   एमालेमै रहेका पुर्वमाओवादी पृष्ठभूमिका नेताहरुलाई एमालेमा उकुसमुकुस हुन थालेको छ । 

आफै सहभागी युद्धलाई एमाले पंक्तिले हिंसाको संज्ञा दिन थालेपछि त्यसको भागिदार आफूपनि हुनुपर्ने स्थिति छ । यस्तोमा उनीहरु न पार्टी छाड्न सक्छन्, न एमालेको आधिकारिक लाइनविपरित बोल्न नै सक्छन् । 

एमालेभित्र उकुसमुकुसपछि मणि थापाले भने पार्टी छाडिसकेका छन् । हुनत, उनलाई ए्मालेले निष्काशन गरेको छ । तर, युद्धका कमाण्डरहरु बादल, लेखराज भट्ट जस्ता नेताहरुपार्टीमा भएर पनि एमालेभित्र रहेर माओवादी युद्धलाई हिंसाको रुपमा स्वीकार गर्नुपर्ने स्थितिमा छन् भने उनीहरुले औपचारिक फोरममा समेत बोल्न सक्ने स्थिति छैन् । 

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  ०६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update