News 24 Television
भारतसँग फेरि रुष्ट ओली अमेरिका लाग्ने, चीन–भारतको विचार के ? 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका भ्रमणमा जाने भएका छन् । परराष्ट्रमन्त्रीसहित जम्बो टोली लिएर ओली ११ दिनसम्मको भ्रमणका लागि असोज ५ गते अमेरिका जाने भएका  हुन् । 

बिहीबारको मन्त्रिपरिषद् बैठकले ओलीको अमेरिका भ्रमणलाई स्वीकृत गरेको हो ।  प्रधानमन्त्री केपी शर्मा ओली पत्नी राधिका शाक्यसहित अमेरिका भ्रमण जाने भएका छन् । संयुक्त राष्ट्रसंघको महाभसभामा भाग लिन ओली अमेरिका जाने कार्यक्रम तय भएको हो । भ्रमणमा परराष्ट्रमन्त्री आरजु राणा देउवासहित परराष्ट्र मन्त्रालयका अधिकारी र ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल पनि सहभागी हुने बताइएको छ । 

असार ३० गते प्रधानमन्त्रीको सपथ लिएका प्रधानमन्त्री केपी ओलीलाई पहिलो विदेश भ्रमण भारत वा चीन कहाँबाट गर्ने भन्ने विषयले सकस पारिरहेको बेला संयुक्त राष्ट्रसंघको भ्रमणले सहज बनाइददिएको छ । 

हुनत ओलीको सचिवालयले यो भ्रमणलाई स्टेट भिजिटको रुपमा स्वीकार गर्न तयार देखिन्न । तर, जम्बो टोली बोकेर अमेरिका जान लागेका ओलीको पहिलो औपचारिक विदेश भ्रमण भने अमेरिका बन्ने भएको हो ।

भारत–चीनको निमन्त्रणा

भारतले ओलीलाई छिट्टै स्वागत गर्ने सन्देश दिइसकेको छैन् । बरु ओलीलाई देखाउनकै लागि भारतले आरजुलाई भव्य स्वागत र सम्मान दियो । 

पछिल्ला दिनहरुमा ओलीले सीमा विवाददेखि ईपीजीका विषयमा पुनः कडा शब्दको प्रयोग यसै कारण गर्न थालेको विश्लेषण राजनीतिक वृत्तमा चलिरहेको छ । आरजुले भारतमा आफ्नो शक्ति प्रदर्शन गरेपछि गठबन्धनमै केहि समय तरङ्ग पैदा भएको थियो । तर, आरजुको सम्मानलाई सिंगो सरकारको सम्मान भन्दै विषयान्तर गरियो । 

यस्तै, चीनले भने ओलीलाई औपचारिक भ्रमणको निम्तो पठाइसकेको बुझिएको छ । ओलीले शक्ति सन्तुलनका कारण पहिलो विदेश भ्रमण चीन नभई भारत नै गर्न चाहेकाले पनि कुरा अड्किएको बताइन्छ । यद्यपी, नेपालको तर्फबाट परराष्ट्रमन्त्री आरजुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई औपचारिक भ्रमणको निम्तो दिइसकेकी छन् भने मोदीले नेपाल भ्रमणको चाँजो मिलाउन निर्देशन दिएको समेत दाबी गरिसकेकी छन् । 

अमेरिका भ्रमण

अमेरिकामा संयुक्त राष्ट्रसंघको महासभामा ओलीले सम्बोधन गर्ने कार्यक्रम समेत तय भएको बताइको छ । तर, ओलीको यो औपचारिक स्टेट भिजिट भने होइन् । ओलीले अमेरिकामा ११ दिन विताउनेछन् भने उनले शक्तिशाली बन्दै गरेकी मन्त्री आरजुलाई समेत संगै लैजाने भएका छन् ।  

पश्चिमा र भारतसँग विशेष सम्बन्धन राख्ने आरजुलाईसँगै लैजादा राहत महशुस हुने र गठबन्धनको मर्मपनि समेटिने भएकाले यस्तो तयारी गरिएको बुझिएको छ ।

प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१  ०६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update