News 24 Television
गाजामा हतियार तस्करी गरेको इजरायलको दाबी इजिप्टद्वारा अस्वीकार

काठमाडाैँ । इजिप्टले गाजापट्टीमा हतियार तस्करी गर्न इजिप्टको क्षेत्र प्रयोग भएको इजरायलको दाबीलाई अस्वीकार गरेको छ । इजिप्टले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको बयानलाई पूर्ण रूपमा अस्वीकार गरेको हो ।

इजरायली जनताको ध्यान विचलित गर्न इजिप्टको नाम द्वन्द्वमा तान्न खोजेको आरोप इजिप्टले लगाएको छ । इजिप्टले इजरायली सरकारलाई यस्तो दाबी गर्ने परिणामको लागि जिम्मेवार ठहराएको छ । जसले क्षेत्रीय अवस्थालाई थप बिग्रनसक्ने चेतावनी दिएको छ ।

इजिप्टले यस क्षेत्रको शान्ति प्रक्रियाको नेतृत्व गर्न आफ्नो भूमिका निर्वाह गरिरहने मन्त्रालयले जनाएको छ ।

इजरायली सेनाले इजिप्ट–गाजा सीमामा रहेको १०० मिटर चौडा र १४ किलोमिटर लामो बफर जोन र रफाह क्रसिङको प्यालेस्टिनी पक्षलाई मे महिनामा नियन्त्रणमा लिएको थियो । जसले गर्दा सहायता ट्रकको प्रवेशमा रोक लगाइएको थियो ।

युद्धविराम वार्ताका कैयौं चरणहरूमा इजिप्टले बारम्बार इजरायली सेनालाई करिडोर र रफाह क्रसिङबाट पूर्ण रूपमा फिर्ता हुनुपर्ने मागलाई जोड दिएको छ । 

प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  १०:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update