News 24 Television
नसर्ने रोगबाट करोडौंको मृत्यु, नेपाल कसरी बन्दैछ रेड जोन !

काठमाडौं । पछिल्लो समय विश्वमा सर्ने रोगको तुलनमा नसर्ने रोगको अवस्था बढ्दो छ । बदलिदो जीवनशैली, वातावरणीय प्रदूषण लगायतका कारण नसर्ने रोगको भार विश्वमानै बढी रहेको विभिन्न अध्ययनहरुले देखाइरहेका छन् । 

नेपालमा पनि नसर्ने रोगले भयावह अवस्था सृजना गरिरहेको छ । तथ्यमा हेर्दा नेपालमा कुन रोगको कस्तो छ त प्रभाव ? 

नसर्ने रोगका कारण विश्वमा वार्षिक ४ करोड भन्दा बढिले ज्यान गुमाउँने गरेका छन् । साथै नेपालमा पनि ७१ प्रतिशत भन्दा बढिको ज्यान नसर्ने रोगका कारण नै जाने गरेको छ ।  

एक व्यतिmबाट अर्को व्यतिmमा नसर्ने रोगलाई नै नसर्ने रोग भन्ने गरिन्छ । यस्ता रोग विशेष गरी खानपिन जीवनशैली तथा शरीरको आन्तरिक प्रक्रियामा असन्तुलनका कारण देखापर्ने गर्दछ । 

पछिल्लो समय आधुनिकरणसंगै जीवनशैलीमा आएको परिर्वन, आनीबानी, व्यवहार, बढ्दो मानसिक असन्तुलनका कारण पनि दिर्घ रोगको संख्या बढेको देखिन्छ । तर यस्ता रोग वंशाणुगत रुपमा आफ्ना परिवारका सदस्यबाट अर्कोमा भने सर्ने गर्दछ । पछिल्लो समय नसर्ने रोगहरुमा उच्च रक्तचाप, मधुमेह, छाति दुख्ने, मुटु रोग, क्यानसर जस्ता रोग बढको देखिन्छ । 

यस्ता रोग बढ्नुको कारण बद्लिदो जिवनशैली नै प्रमुख कारणका रुपमा देखिएको छ । 

यस्तो छ विश्वमा नसर्ने रोगबाट प्रभावितको तथ्यगत अवस्था

विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओका अनुसार,

–    वार्षिक औषतमा ४ करोड १० लाख जनाको मृत्यु 

–    यो तथ्य विश्वव्यापी रूपमा हुने मृत्युको ७४ प्रतिशत बराबर 

–    ७० वर्षभन्दा पहिले नै नसर्ने रोगका कारण मृत्यु हुनेको वार्षिक औषत संख्या १ करोड ७० लाख 

–    वार्षिक रुपमा कार्डियो भास्कुलर रोगबाट मृत्यु हुनेको संख्या एक करोड ७९ लाख

–    क्यान्सरबाट मृत्यु हुने ९३ लाख 

–    क्रोनिक रेस्पिरेटिरीबाट मृत्यु हुने ४१ लाख 

–    नेपालमा नसर्ने रोगकै कारण मृत्यु हुनेको संख्या औषतमा वार्षिक ७१ प्रतिशत भन्दा बढि 

नसर्ने तथा मानसिक रोग स्वास्थ्य शाखाका अनुसार नसर्ने रोगको कारणहरुमा धुमपान, मद्यपान, शारीरिक निष्कृयता, प्रशोधित खाना नै प्रमुख कारकको रुपमा देखिएको जनाएको छ। जसका कारण बालबालिका तथा युवाअवस्थाबाट नै यस्ता वस्तुको सेवन नगर्ने तथा जीवनशैलीलाई व्यवथित बनाउँदै लग्ने हो भने नसर्ने रोगबाट बच्न सकिन्छ । 

साथै वायु प्रदुषणले पनि नसर्ने रोग बढाइ रहेकाले वायुप्रदुषण रोक्न सम्बन्धित निकायले उचित कार्ययोजना बनाउँनुुका साथै लागूगर्न समेत आवश्यक छ । 

प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  ०६:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update