News 24 Television
जिप दुर्घटना हुँदा चालककाे मृत्यु

मुगु । साेरु गाउँपालिका वडा नम्बर ६ बुन्जा माेडमा जिप दुर्घटना हुँदा चालककाे मृत्यु भएकाे छ ।

ग १ ज ६४३७ नम्बरको  जिप बुधबार बिहान ९:३० बजेकाे समयमा बुन्जामेडबाट १ सय पचास मिटर भन्दा तल खस्दा चालक शैलेन्द्र बुमीकाे मृत्यु हाे ।

जिपमा रहेका सहचालक हाम फालेर बाँच्न सफल भएकाे जानकारी साेरुकाेट बर्मा प्रहरी चेाेकीका ईन्चाज चक्र  बहादुर बुढाले दिएका छन् । जिप साेरुकाेट देखि तारापानी आउँदै गरेकाे अवस्थामा दुर्घटना भएकाे हाे । जिप कसरी दुघटना भएको हाे भन्ने बारे अनुसन्धान भइरहेकाे छ । 

प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  १०:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update