News 24 Television
डेंगी संक्रमण तीब्र, बच्न के गर्नुपर्छ ? 

काठमाडौं । पछिल्लो समय डेंगी संक्रमण बढ्दो क्रममा मात्र नभएर संक्रमणकै कारण चार जनाले ज्यान समेत गुमाई सकेका छ । अहिले डेंगी संक्रमण हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा फैलिसकेको छ । 

अझै डेंगी संक्रमणको जोखिम करिब दुई महिनासम्म रहने भएका कारण संक्रमितको संख्या अझै बढ्ने अनुमान गरिएको छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार हाल देशभरि ६ हजार ८ सय ३१ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौं उपत्यकामा मात्र ६ सय ८० जना संक्रमित रहेका छन् । 

साथै पछिल्लो समय डेंगीका रोगीको संख्या बढ्ने मात्र नभएर संक्रमणबाट मृत्यु हुनेको संख्या समेत बढ्न थालेको छ । 

सोमबारसम्म डेंगीं संक्रमणबाट मृत्यु हुनेको संख्या ३ जना रहेकोमा मंगलवार थप एक जनाको मुत्य भएसंगै मृत्यु हुनेको संख्या ४ पुगेको छ । 

सरकारी तथ्यांक अनुसार  हाल सबैभन्दा धेरै संक्रमित संख्या गण्डकी प्रदेशमा देखिएको छ । गण्डकी प्रदेशमा मात्र संक्रमित संख्या ३ हजार २ सय २९ रहेको छ । त्यस्तै, बागमती प्रदेशमा १ हजार ७ सय २३ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । 

डेंगीं संक्रमण बढ्नुको कारण यस्ता छन् :

- बढ्दो शहरीकरणसँगै प्लाष्टिकको अव्यवस्थित प्रयोग  प्रयोग गरेर फालिएका प्लाष्टिकका सामान, मोटर र साइकलका टायर, टिनका भाँडा र गमलाहरूमा जमेको पानी

- जलवायु परिर्वनसंगै पहाडी तथा हिमाली क्षेत्र सम्म डेंगी संक्रमण गराउँने लामखुट्टेको वृद्धिविकास 

डेंगी संक्रमणका लक्षणहरु : 

- एक्कासी उच्च ज्वरो आउँनु 
-    जोर्नी र मांसपेशी दुख्नु 
-   छालामा डाबर अथवा बिमिरा आउनु
- वाकवाकी लाग्ने, बान्ता हुनु 
-    घाँटी दुख्ने, आँखा रातो हुने
-   जटिलता बढेसँगै नाक र गिजाबाट रगत बग्नु 

विश्व स्वास्थ्य सङ्गठनले डेंगी रोगलाई जनस्वास्थ्यको प्रमुख चुनौतीमध्ये एक मानेको छ । संसारभर डेंगी सङ्क्रमण विश्वमा नै ३० गुणाले बढिरहेको डब्लुएचओको तथ्यांक छ । नेपालमा पनि पछिल्लो केहि वर्षयता संक्रमण फैलदो क्रममा छ । हाल नेपालमा हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा संक्रमण फैलिसकेको छ ।

साथै भदौ र आसोज महिनालाई डेंगी संक्रमणको उच्च जोखिमको समय मानिएकाले संक्रमणदर अझै बढ्न सक्ने अनुमान सजिलै लगाउन सकिन्छ । अतः डेंगी संक्रमणबाट जोगिने उपाय भनेकै डेंगी संक्रमण गराउने एडिज एजिप्टी र एडिस एल्बोपिक्टस प्रजातीको लाम्खुट्को टोइबाट नै जोगिनु हो ।  

त्यसैले लाम्खुट्टेको वृद्धि विकास हुन नदिन घरवरपर पानी जम्न नदिने, सरसफाईमा विशेष ध्यान दिने, लाम्खुट्टेको टोइबाट जोगिने जस्ता उपायहरु अपनाउँन आमनागरिक पनि सचेत र जागरुक हुन आवश्यक छ ।

प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  ०६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update