News 24 Television
सरकार निर्देशनको होडमा, जनशक्ति दयनीय !

काठमाडौँ । सर्वाजनिक बिदाको दिनमा अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्ने आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निर्देशन दियो । तर, यो निर्देशन कार्यान्वयनका लागि न पूर्वतयारी छ, न त आवश्यक जनशक्ति । अस्पतालमा जनशतिm आभावको समस्या समाधान गर्नुको सट्टा सस्तो लोकप्रियताका लागि सार्वजनिक बिदामा बहिरङ्ग सेवा सञ्ंचालनमा ल्यान खोज्नु व्यवहारिक नभएको चिकित्सकहरु तर्क छ । 

सार्वजनिक बिदाको दिन अस्पतालमा ओपिडी अर्थात बहिरङ्ग सेवा संचालमा नआउँदा सेवाग्राही मर्कामा परेको गुनासो सुनिने गरेका छन्  । सोहि विषयलाई मध्यनजर गदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सर्वाजनिक बिदामा अस्पतालको ओपिडी सेवा संचालन गर्नुपर्ने भन्दै आइतबार निर्देशन जारी ग¥यो । नियमानुसार कुनै पनि अस्पतालले सार्वजनिक विदाको दिन ओपिडी लगायतका सेवा रोक्न नमिल्ने जनाउँदै, कतिपय सरकारी अस्पतालहरुले सार्वजनिक विदाको दिनमा ओपिडी सेवा रोकेको विषय प्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ध्यानाकर्षण गराएको छ । 

साथै मन्त्रिपरिषद् कार्यालयले स्वास्थ्य मन्त्रालयलाई सार्वजनिक बिदाको दिनमा अस्पतालको ओपिडी सेवा संचालन गर्ने पत्र समेत पठाएको छ । यसरी मन्त्रिपरिषद् कार्यालयले सार्वजननिक बिदाको दिनमा आपिडी सेवा संचालनको निर्देशन दिएपछि बिदाको दिनमा अस्पतालमा काम गर्ने व्यवस्थापन कसरी मिलाउँने भन्ने विषयमा अहिले छलफल भइरहेको स्वास्थ्य मन्त्रालयको भनाई छ । साथै सर्वजननिक बिदा भन्दा धेरैले शनिवार समेत बुझेको जनाउँदै ओपीडीका हकमा सार्वजनिक बिदा भित्र शनिवार नपर्ने समेत मन्त्रालयले प्रष्ट पारेको छ । 

पछिल्लो समय स्वास्थ्य सेवा प्रभावहमा समस्या देखिए पछि सेवालाई प्रभावकारी बनाउन विभिन्न योजना तथा निर्णय गरिएको देखिन्छ । स्वास्थ्य मन्त्री प्रदिप पौडेलले पनि दुई सिफ्टा ओपिडी संचालन गर्ने कार्ययोजना समेत बनाएका छन् । साथै अहिले मन्त्रिपरिषद्को कार्यालयले पनि सार्वजनिक बिदा पनि अस्पतालको ओपिडी संचालमा ल्याउन निर्देशन दिए पछि स्वास्थ्य सेवा सुधारको लागि सरकारको चासो बढेको जस्तो देखिन्छ । तर सरकारी अस्पतालमा जनशक्ति अभाव प्रमुख समस्याका रुपमा देखिएका कारण त्यसको समाधान गर्न तर्फ कुनै चासो नदेखाई सेवा मात्र बढाउन दिएको आदेश, सस्तो लोकप्रियाता मात्र भएको नेपाल चिकित्सक संघको भनाई छ । 

सार्वजनिक बिदाको दिनमा अहिले पनि बहिरङ्ग सेवा बाहेकका अन्न सबै सेवा सञ्चालनमा आउँने गरेको छ । साथै सार्वजनिक बिदाको दिनमा समेत बहिरङ्ग सेवा सुचारु गर्न खाज्नु सरकारको सकारत्मक कदम मान्न सकिन्छ । तर पछिल्लो समय सरकारी अस्पतालमा जनशक्ति अभाव प्रमुख समस्याका रुपमा देखिएको छ । स्वास्थ्य मन्त्रालयको प्रक्षेपणमा समेत देशभर करिब ९२ हजारभन्दा बढी जनशतिm आवश्यक पर्ने देखिन्छ । सरकारी अस्पतालमा २०४८ सालदेखि स्वास्थ्यमा दरबन्दी नै थपिएका छैनन् । यस्तो अवस्थामा सरकारले स्वास्थ्य उपचार सेवाको अवधि मात्र बढाएर सेवाग्राहीलाई गुणस्तयुतm सेवा प्रदान गर्न सक्ला त  ? 

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  ०९:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update