News 24 Television
गोदावरी नगरपालिकाले गोदावरी नगरपालिकाले ल्यायो २ अर्ब २८ करोडको बजेट

ललितपुर । ललितपुरको गोदावरी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि २ अर्ब २८ करोड ५८ लाख ८४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । उपप्रमुख मुना अधिकारीले १५ औं नगरसभामा बजेट प्रस्तुत गरेकी हुन् । 

बजेट कार्यक्रममा नगर उपप्रमुख अधिकारीले चालु आर्थिक वर्षमा २ अर्ब ६४ करोड ६७ लाख ८५ हजार रुपैयाँको बजेट विनियोजन गरिएको जानकारी दिएकी छन् । आगामी आर्थिक वर्षको बजेट चालु वर्षको भन्दा ३६ करोड ९ लाख १ हजारले घटेको हो । 

B1-1725271231.JPG
 

बजेटमा आन्तरिक स्रोतबाट ४५ करोड ४४ लाख, सङ्घीय सरकार समानीकरण १९ करोड ७६ लाख, सङ्घीय सरकार सशर्त चालु ३९ करोड ९८ लाख ३० हजार, सङ्घीय सरकार सशर्त पुँजीगत ५ करोड १० लाख, सङ्घीय सरकार समपूर्वक अनुदान पुँजीगत १ करोड ५० लाख, सङ्घीय सरकार विशेष अनुदान पुँजीगत ३ करोड, सङ्घीय सरकार राजस्व बाँडफाँड १३ करोड ९२ लाख, प्रदेश सरकार सशर्त अनुदान २ करोड ९७ लाख २५ हजार, प्रदेश सरकार समानीकरण अनुदान २ करोड १० लाख ५५ हजार, प्रदेश सरकार राजस्व बाँडफाँड सवारीकर ५ करोड ६५ लाख ७४ हजार, मालपोत रजिस्ट्रेसन ललितपुर ३७ करोड, प्रदेश सरकार समपूरक अनुदान पुँजीगत ३ करोड, प्रदेश सरकार विशेष अनुदान पुँजीगत ६५ लाख, लागत सहभागिता २ करोड ५० लाख, गत वर्षको ४६ करोड स्रोत व्यवस्था हुने बताइएको छ । 

A1-1725271231.JPG
 

यता नगरपालिकाले स्वास्थ्य, शिक्षा, पर्यटन, कृषि, पूर्वाधार तथा सहरी विकास, रोजगार प्रवर्द्धनलगायतमा जोड इएको दाबी गरेको छ ।
 

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  १५:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update