News 24 Television
शेयरमा हरियाली,  नेप्से परिसूचक १२७ अंकले बढ्यो

काठमाडाैँ । साताको दोस्रो कारोबार नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ । सोमवार नेप्से परिसूचक १२७.३२ अंक बढेर २८२३.२५ बिन्दुमा पुगेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स २२.९४ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ९.०२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ८.१८ अंक बढेको छ ।

सोमवार कारोबारमा आएका ३३५ कम्पनीको ३ करोड १४ लाख ३० हजार कित्ता शेयर १३ अर्ब १० करोड ४६ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । आईतवारको कारोबारमा साढे १० अर्ब रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको  थियो ।  

नेप्सेका १३ वटै उपसमूहको परिसूचक बढेको छ ।  जसमा वित्त उपसमूहको परिसूचक ७.९४ प्रतिशत बढेको छ । त्यस्तै,जलविद्युत र लगानी उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जीवन बीमा, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ ।

सोमवार कारोबारमा आएका १० भन्दा बढी कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा नेशनल हाइड्रोपावर, बेस्ट फाइनान्स, एनएलजी इन्स्योरेन्स, रिलायन्स फाइनान्स, सुपरमाई हाइड्रोपावर, दोल्टी पावर, समृद्धि फाइनान्स लगायतका कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कारोबार रकमका आधारमा गुडविल फाइनान्सको ४६ करोड ५२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  १५:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update