News 24 Television
इजिप्ट र साउदी अरबबीच क्षेत्रीय सुरक्षाबारे छलफल

एजेन्सी । इजिप्टका राष्ट्रपति अब्देल–फत्ताह अल–सिसी र साउदी अरबका युवराज मोहम्मद बिन सलमान अल साउदले आईतबार क्षेत्रीय सुरक्षा र शान्तिलाई असर गर्ने चुनौतीहरूको संयुक्त रूपमा सामना गर्ने तरिकाहरूबारे छलफल गरेका छन् ।

टेलिफोन वार्तामा दुई नेताहरूले गाजा पट्टीमा तत्काल युद्धविराममा पुग्न र वेस्ट बैंकमा बढ्दो तनाव रोक्नको आवश्यकतामा जोड दिए ।

क्षेत्रको स्थिरता पुनःस्थापना गर्न आवश्यक रहेको इजिप्टको राष्ट्रपति सिसीले बताए । इजिप्ट, कतार र संयुक्त राज्य अमेरिकासँग इजरायल र हमास बीच एक युद्धविराम र बन्धक–कैदी विनिमय सम्झौतामा पुग्न मध्यस्थता प्रयासहरूको नेतृत्व गर्नुपर्ने बताए । 

गाजामा आधारित स्वास्थ्य अधिकारीहरूले आईतवार प्यालेस्टाइनीहरूको मृत्यु हुनेको संख्या अद्यावधिक गरे । गाजा पट्टीमा इजरायली आक्रमणको करिव ११ महिनापछि अहिले यो संख्या ४० हजार ७३८ पुगेको छ । 

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  १२:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update