News 24 Television
अर्थमन्त्री पौडेलले योजना बुन्दै, योजनाको वरिपरि को ? 

काठमाडौँ । अर्थतन्त्रमा आन्तरिक मागमा वृृद्धि हुन नसक्दा समग्र अर्थतन्त्र चलायमान हुन सकेको छैन । बैंकमा लगानीयोग्य रकम थुप्रिएको छ, तर नयाँ कर्जा र लगानीमा माग छैन । दुई ठुला दलहरुको सहकार्यमा सरकार निर्माण हुँदा पनि अर्थतन्त्रले लय लिन नसकेको अवस्थाप्रति निजी क्षेत्र र सरकारी अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् । यद्यपि, सरकार भने केवल गुनासो गरेर नबस्न आग्रह गरिरहेको छ । 

अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकारले अर्थतन्त्रलाई स्थिरता दिलाउने भन्दै निराशामात्रै नगर्न व्यवसायीहरुलाई आग्रह गरिरहेका छन् । 

आर्थिक क्रियाकलाप अघि बढाउन र निजी क्षेत्रको मनोबललाई उच्च राख्नलाई प्रशस्त मात्रामा आधारशिला खडा भएको दाबी अर्थमन्त्रीको छ ।  भर्खरै सञ्चालन भइरहेको सवारीसाधन केन्द्रित प्रदर्शनीहरु, शेयर बजार जस्ता कारण अर्थतन्त्र सुधारको बाटोमा अग्रसर भएको जिकिर अर्थमन्त्रीले गरिरहँदा अर्थमन्त्रीले भने जस्तै उत्साह दिने अवस्था अर्थतन्त्रको छैन । यद्दपी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भने वर्तमान अवस्थामा सुधारआउने आशा जनाइरहेका छन् । 

तर, निजी क्षेत्रका उद्यमी व्यवसायीहरुले आन्तरिक बजार कमजोर भएको, उपभोक्ताहरुबाट माग सिर्जना हुन नसकेको र भारतीय सिमा नाकाहरुबाट निर्वाध रुपमा नेपालमा भारतीय वस्तुको प्रवेश भइरहेकाले नेपालको अर्थतन्त्र प्रभावित भइरहेको गुनासो गरेका छन् । 

अर्थतन्त्रमा अहिलेको नेपालको अवस्थालाई अर्थविश्लेषकहरुले यसरी अर्थ्याएका छन् । 

अर्थतन्त्रको संकट र आर्थिक क्षेत्रका समस्या र चुनौतीहरुबारे अर्थतन्त्रका क्षेत्रमा पत्रकारिता गर्दै आएकाहरुको बुझाई यस्तो छ । 

संसदका दुई ठुला दलहरु मिलेर बनेको सरकारले पनि अर्थतन्त्रलाई चलायमान बनाउन सकेन भने निजी क्षेत्र तथा आम उपभोक्ताको आत्मविश्वास घट्नेमा आशंका छैन । त्यसैले वर्तमान सरकारले सुधारका समग्र पक्षलाई प्राथमिकताका साथ अघि बढाउनु आजको आवश्यकता हो । 

 


 

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  ०९:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update