News 24 Television
अमेरिकामा देखियो खतरनाक भाइरस, जोगिने  कसरी ?

काठमाडौं । अमेरिकामा इस्टर्न एक्वाइन एन्सेफलाइटिस ईईई भाइरस देखापरेको छ । दुर्लभ भाइरस मानिएको ट्रिपल ई भाइरस लाम्खुट्टेमा पाइने एक भाइरस हो । यो भाइरस मानिसबाट मानिसमा नसर्ने तर लाम्खुट्टेको टोइबाट मानिसमा सर्ने गर्दछ ।  डेंगी संक्रमण गराउने प्रजातिकै जस्तो देखिने संक्रमित लाम्खुट्टेको टोइबाट लाग्ने ट्रिपल ई भारस पछिल्लो समय अमेरिकामा बढ्दो क्रममा छ । 

चार वर्ष अघि विश्वलाई नै आक्रान्त बनाएको कोरोना संक्रमणको जोखिम सेलाएको केहि समय नवित्दै पुनः जोखिमयुतm भारइस बढिरहेको देखिन्छ । पछिल्लो समय संयुक्त राज्य अमेरिकाको पूर्वी भागमा  ईस्टर्न एक्वाइन एन्सेफलाइटिस ईईई भाइरस भेटिएको छ । ट्रिपल ई भाइरस दुर्लभ भए पनि स्वास्थ्यका हिसाबले यो निकै खतरनाक तथा प्राणघातक मानिएको छ । विशेषगरी डेंगी संक्रमण गराउँने प्रजातीकै जस्तो लाम्खुट्टेमा पाइने यो भाइरस मानिसलाई सरेको अवस्थामा यसले मानिसको ज्यान नै जाने जोखिम उच्च हुने गर्दछ । साथै ज्यान बचेको अवस्थामा पनि यसको संक्रमणका कारण जीवनरभर दिमागमा असर पुग्ने गर्दछ । 

ट्रिपल ई भाइरस लामखुट्टेलबाट प्रायः चराचुरुङ्गी, घोडा र मानिसमा सर्ने बताएको छ । तर यो मानिसबाट मानिसमा भने संक्रमण भने फैलदैन । यो भाइरस दुर्लभ मानिए पनि अमेरिकामा हेरक वर्ष ११ जनामा देखिने गरेको छ । साथै पछिल्लो समय सक्रमण बढेको अमेरिकी सञ्चार माध्यमहरुले जनाएको छ । ट्रिपल ई भाइरस विरुद्ध अहिले सम्म कुनै खोप तथा औषधी पनि बनेका छैनन् । 

ट्रिपल ई संक्रमणका लक्षण: 
-    ज्वरो आउने
-    काँप छुट्ने 
-    जीउ र जोर्नी दुख्ने 
-    विरामीलाई एकदेखि दुई साता समस्या देखिने
-    केन्द्रीय मष्तिष्क प्रणालीमा असर

ट्रिपल ई भाइरस अमेरिकाको पूर्वी तटीय भेगमा क्यानडादेखि गल्फ अफ मेक्सिको र क्यारिबीअन तथा दक्षिणमा आर्जेन्टिनाको विभिन्न स्थानमा समते फैलिएको छ ।  जलवायु परिर्वतका कारण पछिल्लो समय लाम्खुट्टेको वृद्धिदर बढेको र लामो समय सम्म लाम्खुट्टे देखापर्ने भएका कारण यसको जोखिम बढेको बताएको छ । अमेरिकामा देखिएको यो भाइरस अहिले धेरै मुलुकमा नफैलिएको छैन । तर कुनै एक मुलुकमा देखिएको संक्रमण अर्को मुलुकमा देखिनु समान्य भएका कारण भविष्यमा यसको जोखिम अन्य मुलुक सहित नेपालमा पनि पर्ने जोखिमलाई भने नकार्न भने सकिदैन ।

अमेरिकामा ट्रिपल ई भाईरसको संक्रमण दुर्लभ मानिन्छ । तर यो वर्ष अमेरिकामा ट्रिपल ई भाइरस संक्रमणका कारण एक जनाको मृत्यु भएका अमेरिकी संचार माध्यमले जनाएको   छ । साथै सन् २०१९ र २०२० मा कुल १७ जनामा ट्रिपल पुष्टि भएको र तीमध्ये सात जनाको मृत्यु भएको समेत सेन्टर्स फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्शन सीडीसीको तथ्यांकमा छ । 

त्रिगुणा भट्टराई बस्नेत

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  ०९:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update