News 24 Television
नेपालमा अमेरिकी चलखेल बढ्दै छ : नेकपा नेता सिंह 

झापा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पछिल्लो समय नेपालमा अमेरिकी चलखेल बढ्दै गएको भन्दै त्यसलाई तत्काल रोक्न सरकारलाई सुझाव दिएको छ । 

शनिबार झापाको दमकमा बिरोध र्याली निकाल्दै नेकपाले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएको हो। 

सरकारले नेपालमा एमसिसि र एसपिपि लागू गर्दै अमेरिकी साम्राज्य विस्तारबादको चलखेल सुरू गर्ने बिषय देशको लागि घातक छ । 

त्यसलाई कुनैपनि हालतमा कार्यन्वयन गर्न नदिने नेकपाको निर्णय रहेको बताउँदै नेकपाका केन्द्रीय सदस्य तथा मेची व्यूरो इन्चार्ज सुमन सिंहले सरकारले पछिल्लो केही महिनायता नेपालमा मिलेर बसेका नेपाली समाज भाड्न खोजेको आरोप लगाए ।

विरोधर्यालीलाई सम्बोधन गर्दै उनले एमसिसि र एसपिपि नेपालको हित बिपरित रहेको बताए । यसलाई लागू गर्न खोजे त्यसको परिणाम राम्रो नहुने उनको भनाइ छ ।

साथै उनले सरकार सञ्चालनको जिम्मा लिएकाहरूले आफ्नो व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर अब देश र जनताको पक्षमा लाग्नुपर्ने बताउँदै त्यसलाई बेवास्ता गरे जनताले त्यसको परिणाम देखाइदिने बताए ।  

 विरोधर्यालीमा नेकपाको केन्द्र देखि स्थानीय तहसम्मका नेता तथा कार्यकर्ताहरूको सहभागीता रहेको थियो ।

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  ११:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update