News 24 Television
केशव रावलद्वारा अखिल क्रान्तिकारी केन्द्रीय अध्यक्षमा  उम्मेदवारी घोषणा

रुकुम पूर्व । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्षमा केशव रावलले उम्मेदवारी घोषणा गरेका छन् । 

देशैभरमा पहिलो नम्बरमा प्रतिनिधि सिफारिस भएको भन्दै उपाध्यक्ष रावलले अध्यक्षमा उम्मेदवार बन्ने बताएका छन । रुकुम पूर्वले २३औं जिल्ला सम्मेलन सम्पन्न गर्दै चन्द्र रसाइलीलाई अध्यक्ष चयन गरेको छ ।  सोहि सम्मेलनले रावलसहित नेताहरु रेवन खड्का, वेदना बुढा, तिलक रसाइली, विकाश खड्का लगाएतलाई प्रतिनिधि छनोट गरेको बताइएको छ । 

देशकै १ नम्बर प्रतिनिधि बनेको भन्दै नेता रावलले अध्यक्षको औपचारिक उम्मेदवार बनेको समेत दाबी गरेका छन् । अखिल क्रान्तिकारीले राष्ट्रिय सम्मेलन असोज २ देखि ५ गतेसम्म काठमाडौंमा गर्ने तय गरिसकेको छ ।

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  ०६:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update