काठमाडौं । के तपाईले कहिलेई सोच्नु भएको छ, हामीले श्वास फर्ने हावा कुन हद्सम्म दुषित भएको भनेर ? तपाईले सोच्नु नै नभएको हुनसक्छ कि हाम्रो वरपरको हावा यतिसम्म दूषित बनिसकेको छ भन्ने ।
हामीले श्वास फेर्ने हावा कै कारण नेपालमा मात्र दैनिक वार्षिक १ सय ३० जनाले ज्यान गुमाउँने गरेका छन् । पछिल्लो समय वायु प्रदुषण बढ्दै कारण विषात्त हवामा श्वास फेरेकै मानव स्वास्थ्यमा परेको असरले स्वास्थ्य समस्या मात्र नभएर मानव जीवन नै छोटो समेत बनाएको छ ।
श्वास प्रश्वासविना मानव जीवनको परिकल्पना गर्न सकिन्न । हावा अर्थात प्राणवायु यसविना जिवित रहँदैन मान्छे । तर, जीवन जिउनका लागि हामीले श्वासको माध्यबाट लिने हावा नै दुषित बन्दा हाम्रो आयु समेत कम हुदै गएको छ । विश्वको तथ्यांक केलाउँने हो भने दुषित हावाकै कारण वर्षेनी ७१ लाख मानिसको ज्यान जाने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ ।
नेपालमा पनि दुषित हावाका कारण वर्षेनी ४८ हजार पाँच सय जनाले ज्यान गुमाउँने गरेको तथ्यांक छ । यो अनुपातलाई हेर्दा नेपालमा वर्षेनी १ सय ३० जनाको मृत्युको कारण दुषित हावाको कारण हुने गरेको छ।
हामीले श्वास फर्ने हावाको स्तर खस्दै गएका कारण पछिल्लो समय प्रदुषित हावाको कारण निम्तने स्वास्थ्य समस्याहरु समेत बढेका छन् । दुषित हावाका कारण धु्रमपान गर्ने व्यतिmकै सरह फोक्सोमा असर परिरहेको छ ।
दुषित हावामा गर्भवती महिलाले श्वास फेर्दा पेटमा विकास हुदै गरेको भूणमा समेत यसले असर पार्ने गर्दछ । दुषित हावाले वयस्कको तुलनामो शिशु बालबालिका तथा वृद्धवृद्धालाई बढि असर पार्ने चिकित्सक बताउँछन् । साथै प्रदुषित हावामा श्वास फेदा बालबालिकामा श्वास प्रवास सम्बन्धित समस्या, क्यानसर लगायत रोग मात्र नभएर मानसिक समस्या समेत पार्ने चिकित्सकको भनाई छ ।
घर बाहिरको दुषित हावाले स्वास्थ्यमा पार्ने असर एक तर्फ छदैछ । अर्को तर्फ घरभित्र हुने विभिन्न क्रियाकलापका कारण पनि घरभित्रको समेत हावा थप दुषित बन्ने गरेको छ ।
घरभित्र मानिसहरुले खाना पकाउन तथा तापका लागि जौविक ऊर्जा अर्थात काठ दाउरा प्रयोग हुने चुलोको प्रयोग अहिले पनि गाँउघरमा हुने गरेको छ ।
विशेष गरी गाउँघरमा माटोको घरका साथै खाना पकाउँन समेत काठ दाउरा बालेर खाना पकाउने भएकाले यसको प्रत्यक्ष प्रभावमा विशेषगरी महिला, बालबालिका र बुढाबुढी पर्ने विज्ञ औलाउँछन् । घर बाहिरको प्रदुषण विकास निर्माण तथा आधुनिकरणकासंगै विकास भएका उद्योग, कलकारखाना, मोटरगाडीबाट निश्कने धुवा, धूलोका कारण वायुको स्तर खस्काउँदै गएको छ । यसरी विभिन्न कारणले वायुको स्तर घट्दै जादाँ विषात्त हावाकै कारण, विश्वभरका मानिसको १ वर्ष ८ महिना औसत आयु घटेको समेत विदेशमा भएको अध्ययनले देखाएको छ ।