News 24 Television
संविधान संशोधन बहस : एजेण्डा नै अस्पष्ट   

काठमाडौँ । नेपाली कांग्रेससँगको सत्ता समीकरणपछि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री छन् । असार १७ गते राती ७ बुँदे सहमति गरी ओली प्रधानमन्त्री हुँदै गर्दा दुई ठूला दलले संविधान संशोधनको अपरिहार्यतामा जोड दिएका थिए । संविधान संशोधनको विषयलाई लिएर विपक्षी दलहरुले आशंका गरिरहँदा संविधान संशोधन गरी हिन्दु राष्ट्र बनाउनुपर्नेमा एमाले सांसदहरुले जोड दिन थालेका छन् । 

नेपाली कांग्रेस र नेकपा एमालेबीच गत असार १७ गते ७ बुँदे सहमति भई एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेका हुन् । ओली प्रधानमन्त्री भएको धेरै समयसम्म पनि दुई दलबीचको ७ बुँदे सहमति गोप्य राखियो । साउन ६ गते प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदै गर्दा दुई दलबीच भएको भनिएको ७ बुँदे सहमति संसद बैठकमै सार्वजनिक गरे । उक्त सहमतिको दोस्रो बुँदामा संविधान संशोधनको विषय उल्लेख छ । तर सहमतिको सरकारले संविधान संशोधनलाई प्राथमिकता दिने सहमतिमा उल्लेख छ ।   

‘राष्ट्रिय सहमतिको सरकारले संविधान प्रारम्भ भएपश्चात अभ्यासमा देखापरेका सबल पक्ष र दुर्बल पक्ष तथा जटिलताको समीक्षा गरी राजनीतिक स्थायीत्वका लागि संविधानमा आवश्यक संशोधन र तदनुकूलको कानुन निर्माण गर्ने विषयलाई प्राथमिकता दिने ।’ 
भनी सहमतिको दोस्रो बुँदामा नै उल्लेख भएकाले कांग्रेस नेताहरुले सदन बाहिर र भित्र यो विषय उठाइरहेका छन् । 

संविधान संशोधनको विषयमा एमाले अध्यक्ष एवम् वर्तमान प्रधानमन्त्री ओलीसँग आफूले सहमति गरेको कांग्रेस सभापति शेरबहादुर देउवाले पनि स्पष्ट गरिसकेका छन्  । संविधान संशोधनमा अन्य दलहरुले आशंका गरिरहँदा देउवाले दुई पार्टीबीचको सहमती कुनै पार्टीको खिलाफमा नभएको र प्रजातान्त्रिक सिद्धान्तलाई समाजवाद उन्मुख बनाउने विषयलाई ध्यानमा राखेर अघि बढ्न खोजेको समेत देउवाको भनाई छ । 
बताइरहेका छन् । 

सत्तारुढ दुई दलले सबैको सहमतिमा अघि बढ्ने भने पनि समानुपातिक समावेशीको सिद्धान्तदेखि संघीयता र धर्मनिरपेक्षताको विषय संशोधन गर्न सक्ने आशंका ब्यक्त गरिरहेका विहीबार मात्रै एमाले सांसदले संसदमै संविधान संशोधन गरी हिन्दु राष्ट्र बनाउन माग गरेका छन् । 

सत्तारुढ प्रमुख दुई दलले संविधान संशोधनमा जोड दिँदै आएका छन् । संविधान संशोधन गरी निर्वाचन प्रणालीदेखि धेरै कुरा परिवर्तनमा जोड दिइरहेका छन् । हुनत संविधान संशोधन गरी जन अपेक्षा अनुसार बनाउन आवश्यक छ । तर दुई तिहाई बहुमतको बलमा भन्दै जनताको प्राप्त सीमित उपलब्धीहरु भने खोसिनु हुँदैन । 

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  ०९:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update