सही ढंगले सुन तस्करीको छानबिन भएको भए माओवादी केन्द्रका कोही बाँकी रहँदैनथे : पदम गिरी
नेकपा एमालेका सांसद पदम गिरीले सुन तस्करीको सही ढंगबाट छानबिन नगरेर तत्कालित पुष्पकमल दाहाल नेतृत्वको सरकारले नेकपा (माओवादी केन्द्र) का शिर्ष नेताहरु जोगाउने काम गरेको आरोप लगाएका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले सही ढंगबाट छानबिन भएको भए माओवादीका शिर्ष तहका कुनै पनि नेता बाँकी नरहने बताए । उनले सुशासनका ठूलठूला कुरा गर्ने तर बालुवाटारको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीहरुलाई कारबाही गर्न नसकी उन्मुक्ति दिने काम गरेको बताए । गणतन्त्रपछिका ८ वर्ष उर्जा मन्त्रालयको नेतृत्व माओवादीले नै लिएको भन्दै सो अवधिमा किन वक्यौता नउठाएको भन्दै प्रश्न पनि गरे ।
उनले आफूले ट्रंक लाइन र डेडिकेटेड लाइनको वक्यौता उठाउन नसक्ने अनि वर्तमान सरकारलाई हिलो छ्याप्ने काममा नलाग्न चेतावनी दिएका छन् ।
प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१ १७:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय