News 24 Television
पाइलटहरूले 'गोर्खाली बहादुरी' देखाउँदा ९८ हवाई दुर्घटना भए : महानिर्देशक अधिकारी

काठमाडाैँ । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले हवाई सुरक्षाको नियम पाइलटहरुले पालना नगर्दा धेरै हवाई दुर्घटना भएको बताएका छन् ।

बिहीवार वायुसेवा सञ्चालक संघले हवाई सुरक्षा सम्बन्धि कार्यक्रममा बोल्दै महानिर्देशक अधिकारीले यस्तो बताएका हुन् । उनले नेपालको हवाई सुरक्षामा दाग लागेको ९८ वटा दुर्घटना हवाई सुरक्षा नियम लागू नगरेर भएको दाबी गरे । नेपालका पाइलटहरुले नागरिक उड्डयन प्राधिकरणले बनाएको नियम भन्दा बाहिर गएर खराब मौसममा भित्र जहाज लैजाँदा दुर्घटना हुने गरेकाे उनकाे दाबी छ ।

नेपाली पाइलटहरुले गोर्खाली बहादुरी धेरै देखाउँदा ९८ वटा दुर्घटना बादलभित्र जहाज लैजाँदा भएको प्रमाणित भइरहेको उनले बताए । उनले हवाई दुर्घटना वृद्धि हुँदा अनुभवी पाइलट र राज्यले धेरै क्षति व्यहोरेको भन्दै अब हवाई उडानलाई सुरक्षित बनाउने विषयमा गम्भीर हुन आवश्यक रहेको उनकाे भनाइ छ ।

महानिर्देशक अधिकारीले विश्वमा नभएका हवाई दुर्घटना नेपालमा भएको भन्दै नेपालमा भएका धेरै हवाई दुर्घटनाहरु बादलभित्र वा खराब मौसममा छिर्दा पहाडमा ठोक्किने र जंगलमा ठोक्किएर हुने गरेको बताए । भिएफआर खराब मौसम हेरेर उडान गर्नुपर्ने नियम बनाएको भए पनि पाइलटहरुले पालना नगरेको भन्दै उनले यस्ता दुर्घटनामा धरै अग्रज पाइलटहरु ज्यान गुमाएको बताए ।

जहाजमा गम्भिर समस्या भएर हवाई दुर्घटना नभएको उनकाे दाबी छ । जबकि गत साउन ९ गते मौसम सफा हुँदाहुँदै पनि त्रिभुवन विमानस्थलमै सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको थियो । अधिकारीले भने हवाई सञ्चालकहरु पनि धेरै माथि जान वा पैसा कमाउन हतार भएकाले शेयर होल्डरले उडान नगर भन्दा पनि रेगुलेटर विरुद्ध सर्वोच्च पुगेकाले ठूलो क्षति हुन पुगेको दाबी गरेका छन्र । उनले पछिल्लो दुई वर्षमा धेरै शेयर होल्डर पाइलटहरु हेलिकप्टर दुर्घटना भएर मुत्यु भएको भन्दै यसको जिम्मा कसले लिने भन्दै सञ्चालकहरुलाई प्रश्न गरे ।

शेयर होल्डरले हेलिकप्टर उडान नगर भनेर सर्कुलर बिरुद्ध सर्वोच्च गएर उडान गर्दा कति शेयर होल्डर पाइलटहरु दुर्घटनामा परेकाले सञ्चालकहरुले सोच्न आवश्यक उनकाे भनाइ छ । हवाई दुर्घटना हुनुको मुख्य समस्या पाइलटले खराब मौसममा बादलभित्र जहाज लैजानु नै मुख्य कारण रहेकाे र अन्य कुनै समस्या नभएको उनकाे भनाइ छ ।

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १४:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update