साफ यु २० : आज नेपाल र बंगलादेश भिड्दै

काठमाडाैँ । घरेलु मैदानमा जारी साफ यु-२० च्याम्पियनसिफअन्तर्गत आज नेपाल र बंगलादेशबीच प्रतिष्पर्धा हुँदैछ । खेल नेपाली समयानुसार दिउँसो साढे २ बजे एन्फा कम्लेक्स सातदोबाटोमा शुरु हुनेछ ।
नेपालले सेमिफाइनलमा भूटान र बंगलादेशले भारतलाई पराजित गरेको हो । आजको खेल जित्दै नेपाल दक्षिण एशियामा आफूलाई बलियो सावित गरी उपाधि घरमै राख्ने सोचमा छ भने भारतलाई हराएको बंगलादेश पनि उच्च मनोबलका साथ उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रिने छ ।
प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१ ११:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय