News 24 Television
बुटवलको डेल्टामार्टमा पुनः जुत्ताघर सञ्चालन  

रुपन्देही । आगलागीबाट क्षति ब्यहोरेको बुटवल मिलनचोक डेल्टा मार्टस्थित नेपाली जुत्ता घर सोमबारदेखि पुनः संचालनमा आएको छ । असार ६ गते आगलागी भएपछि परिसरमा नै ४० वटा स्टलहरुमार्फत पुनः सेवा सञ्चालनमा आएको हो । स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ नेपाली लुगा घरको आयोजनामा डेल्टा कम्प्लेक्स परिसरमा टेन्ट लगाएर जुत्ता घरको पुनः शुभारम्भ गरिएको हो । 
 
बुटवलको डेल्टा मार्टमा जुत्ता घर पुनः सञ्चालनमा ल्याइएको छ । आगलागीबाट क्षति ब्यहोरेको बुटवल मिलनचोक यो मार्टस्थित नेपाली जुत्ता घर सोमबारदेखि पुनः संचालनमा आएको हो । असार ६ गते आगलागी भएपछि परिसरमा नै ४० वटा स्टलहरुमार्फत पुनः सेवा सञ्चालनमा आएको हो । 

लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य विष्णु पन्थीले मेला उद्घाटन गर्दै स्वदेशी उत्पादन प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।  जुत्ता घरमा बेस ग्लोबल प्रालि, लालिगुराँस फुटवेयर ईण्डष्ट्रिज, शुभकामना फुटवेयर, स्मार्ट शु, एक्सन शु, शिखर शु, पवित्रा शु, रन शु ईण्डष्ट्रिज लगायत ८ कम्पनीका ३० ब्रान्डका ३००० भन्दा बढी भेराइटीका जुत्ताहरु छन् । 

भदौ ९ गतेदेखि शुरु भएको दोस्रो बुटवल जुत्ता चप्पल व्यापार मेला उद्घाटन अघि केही संस्थाहरुको कामप्रति जुत्ता घरका सञ्चालकले गुनासो गरे ।  

नेपालमा १६ करोड जोडी जुत्ताचप्पल उत्पादन गर्न सक्ने क्षमताका पुर्वाधार रहेको जुत्ता उत्पादक संघका अध्यक्ष रुद्र न्यौपानेले बताए । नेपाली बजारको माग भने १० करोड जोर रहेको बताउँदै करीब ४ करोड जोडी जुत्ताचप्पल बाहिरबाट भित्रने र त्यसमा पनि अढाई करोड जोडी जति ग्रे मार्केटबाट भित्रने गरेको उनको भनाई छ । 

मेलामा स्थानीय उद्योगबाट उत्पादन गरिएको मोजा पहिलो दुई हजार ग्राहकलाई १ रुपैयामा उपलब्ध गराईने बताईएको छ । लामो समयदेखि रोकिएको सेवालाई टेन्ट राखेर नै सेवा दिन लागेको बेला अवरोध आएको आयोजकको भनाई छ । 

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  ०७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update