News 24 Television
भंगाह नगरपालिकाका मेयर साहद्वारा एक युवामाथि हातपात

काठमाडौं । महोत्तरीको भंगाह नगरपालिकाका मेयर सञ्जिव साहले अश्लिलता प्रदर्शन गर्ने विवादित कार्यक्रम 'आर्केस्ट्रा'को आयोजनास्थलमै एक युवालाई कुटपीट गर्दै मोबाइल खोसेका छन् । 

स्थानीय युवा रविन्द्र महत्तोले गाउँमा 'आर्केस्ट्रा मेला' लगाएको विषयमा प्रश्न गर्दै कार्यक्रममा उपस्थित मेयरको फोटो भिडियो खिच्न खोज्दा आक्रोशित बन्दै युवामाथि कुटपीटसहित मोबाइल खोसेर लगेका हुन् । 

'आर्केस्ट्रा' जस्तो संवेदनशिल कार्यक्रम आयोजना गरिएको थियो । अश्लिलता प्रदर्शन गर्ने र कानूनले समेत बर्जित गरेको कुरामा मेयर उपस्थित भएपछि प्रश्न स्वभाविक थियो । फोटो भिडियो खिच्ने क्रममा मेयरले हातपात गर्नु भयो । अश्लिल गाली गर्दै मोबाइल समेत खोसेर लैजानु भयोु, पीडित महतोले भने ।

मेयर साहको रोहबरमा आयोजित आर्केस्ट्राले समाजलाई भड्काउने र अश्लिलता फैलाउने भन्दै आवाज उठान खोजेका महतोको मोबाइल खोस्दै कुटपीट समेत गरेको महतोले जानकारी दिए । 

स्थानीय युवा महतो भ्रष्टाचार, मिटरब्याज लगायत जनताका पीडामा आवाज उठाउदै आएका व्यक्ति समेत हुन् । नगरपालिकाले गर्ने हरेक काममा जवाफदेहीताको खोजी गर्ने महतोमाथि मेयरले यसअघि पनि अश्लिल गाली गर्दै विभिन्न धम्की दिने गरेको पीडितको भनाई छ । 

यता, मेयर साहले भने आर्केस्ट्रा आयोजना नभएको प्रतिक्रिया ददिएक छन् । आफ्नो पालिकामा आर्केस्ट्रा आयोजना हुँदै नभएको दाबी गरेका मेयर साहले सामान्य उजुरी आएपछि प्रहरीलाई बुझ्न भनेको बताए । 

ुआर्केस्ट्रा आयोजना गर्ने अश्लिलता प्रदर्शन गर्ने विषय बर्जित छ । यस्तो देखिए तत्काल प्रशासनलाई खवर गरेर समाधान खोजिन्छ । मेराविरुद्ध आरोप लागेकोबाहेक केहि होइनु, मेयर साहले भने ।
 

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  ०६:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update