News 24 Television
श्रीकृष्णजन्माष्टमी र  ‘मोहरात्रि’ मनाइँदै

काठमाडाैँ । आज कृष्णजन्माष्टमी पर्व देशभर भगवान श्रीकृष्णको पूजाआजा गरी मनाइँदैछ । भाद्र कृष्ण अष्टमीको दिन भगवान् विष्णुको अवतार मानिने श्रीकृष्णको जन्म भएकाे दिनका अवसरमा उनकाे पूजाआजा गरी वैदिक सत्य सनातन हिन्दु धर्मावलम्वीहरुले जन्माष्टमी मनाउने गर्दछन् ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यसदिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।

आज पाटनको कृष्ण मन्दिर, भक्तपुरको कृष्ण मन्दिर लगायत देशभरका भगवान श्रीविष्णुका मन्दिरमा पूजाआधना गर्नेहरुको भीड हुने गर्दछ 

प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  १३:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update