News 24 Television
भारतीय ब्राण्ड बेलाभिटाका पर्फ्युम नेपाली बजारमा

काठमाडौँ । भारतीय कम्पनीको पर्फ्युम ब्रान्ड ‘बेलाभिटा’ नेपाली बजारमा पनि सार्वजनिक गरिएको छ । हालै मात्र भारतीय उत्पादक कम्पनीले नेपाली बजारमा बेलाभिटाका विभिन्न भेराइटी भित्र्याएको छ । यसलाई कम्पनीले आफ्ना ब्राण्डलाई विश्वव्यापी विस्तारतर्फको महत्वपूर्ण कदम भनेको छ ।

belavita-1724660815.JPG
 

यसअघि बेलाभिटा ब्राण्ड भारत र संयुक्तराज्य अमेरिकामा प्रख्यात छ । ती देशमा गुणस्तर तथा ग्राहकको सन्तुष्टिका कारण उक्त ब्राण्ड लोकप्रिय रहेको कम्पनीको दाबी छ ।

vsku-1724661407.JPG
कम्पनीको दाबी अनुसार अनलाइन मार्केटिङ अमेजोन अमेरिकामा बेलाभिटा ब्राण्डको पर्फ्युम टप मध्येमा सूचित भएको छ ।

laala-1724660717.JPG

नेपालमा कन्ज्युमर एक्सेस कम्पनीसँगको सहकार्यमा पाँच हजार स्टोरमार्फत बेलाभिटा उपलब्ध गराउने कम्पनीले जनाएको छ । हाल बेलाभिटा भाटभटेनी सुपरमार्केटमा उपलब्ध छ । साथै दराज र जेभीलगायत अनलाइन साइटमा पनि यो उपलब्ध रहेको कम्पनीले जनाएको छ । 

बेलाविटालाई अगस्टदेखि नेपालमा आधिकारिकरुपमा कन्जुमर एक्सेस प्रा.लि.ले भित्र्याएको हो । यसअघि पनि छिटपुटरुपमा अनलाइनमार्फत नेपाली बजारमा उपलव्ध थियाे । इकमर्स प्लाटफर्ममा अहिले नम्बर १ रहेको यो पर्फ्युमलाई फिजिकल बजारमा पनि २ वर्षभित्र नम्र १ बनाउने कम्पनीले दाबी गरेको छ । 

f54336dd-e2a0-4db6-bd6c-80611b5c1498-1724656167.jpg
आकर्षक प्याकेजिङ, उच्चस्तरको क्वालिटी र स्वास्थ्यको दृष्टिकोणबाट पनि सुरक्षित रहेका कारण बेलाविटाका उत्पादनहरुले नेपाली उपभोक्ताबीच पनि चाँडै लोकप्रिय बन्ने कम्पनीले विश्वास लिएको छ । 

प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  १२:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update