काठमाडौँ । पछिल्लो समय प्रदूषित वातावरण तथा अस्वस्थ्यकर जीवन शैलीका कारण क्यान्सर रोग बढ्दो क्रममा छ । जसलाई मध्यनजर गदै सरकारले क्यानसर रोग पहिचान, रोकथाम तथा मृत्यु दर कम गर्ने उदेश्यले राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति ल्याएको छ । अहिले ल्याइएको यो रणनीति कार्यान्वयन प्रभावकारी बन्न सक्ला त ?
अस्वस्थकर जीवनशैली र खानपान क्यान्सरका कारक तत्वहरूका रुपमा देखिएको छ । नेपाल लगाएत विभिन्न देशहरूमा भएको सर्वेक्षणहरूले खानपान र जीवनशैलीमा भएको परिवर्तनका साथै शारीरिक क्रियाकलापमा आएको कमीले क्यान्सर जस्ता नसर्ने रोग बढ्दै गएको छ । नेपालमा धेरै देखिने क्यान्सरहरू मध्ये फोक्सो, स्तन, पाठेघरको क्यान्सर लगायत रहेका छन् ।
जसलाई नियन्त्रण गर्न भन्दै सरकारले राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति २०२४–२०३० ल्याएको छ । जसमा मुख्यगरी पाँच वटा विषयवस्तु समेटिएको छ । सुर्तीजन्य पदार्थ नियन्त्रण, मादक पदार्थको नियमन, खानपान र मोटोपना, शारीरिक गतिविधि, ह्यूमन प्यापिलोमा भाइरस र हेपाटाइटिस बी भाइरस नियन्त्रण प्राथमिकतामा राखिएको छ ।
सरकारले क्यान्सर रोकथाम, सुरुवाती अवस्थामामै पहिचान, निदान, उपचार, मृत्युदर घटाउने उदेश्य सहित ६ वर्षे रणनीति बनाएको हो । सरकारले यस अघि नै जनस्वास्थ्य सेवा नियमावली २०७७ मा पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको प्रारम्भिक जाँच र परामर्श निःशुल्कका साथै शल्यक्रिया समेत निशुल्क समेत गरेका कारण विपन्ननागरिकलाई आर्थिक राहत मिलेको विज्ञ बताउँछन् । साथै अहिले क्यानसर रोग नियन्यण गर्ने उदेश्यले ल्याएको रणनीति महत्वपूर्ण भएको विज्ञको बुझाई ।
बाइट ः डा. विवेक कुमार लाल, निर्देशक, परिवार कल्याण महाशाखा
राष्ट्रिय स्वास्थ्य लेखा प्रतिवेदनका अनुसार नेपालले नसर्ने रोगहरूको स्वास्थ्य उपचारमा सबैभन्दा बढि ६४ अर्ब ४ करोड रूपैयाँ खर्च गर्ने गर्दछ । जुन चालू स्वास्थ्य खर्चको ३१ दशमलव ८ प्रतिशत हो । त्यसैगरी स्वास्थ्य उपचारमा हुने व्यक्तिगत खर्चको ४० दशमलव ३ प्रतिशत नसर्ने रोगहरूको उपचारमा खर्च हुने गरेको तथ्याड्ढ छ । नसर्ने रोगहरूको स्वास्थ्य उपचारमा हुने चालू खर्चमध्ये क्यान्सरको उपचारमा हुने खर्च मात्र ४ दशमलव २ प्रतिशत अर्थात रू. ८ अर्ब ५ करोड रहेको छ ।
यसरी हेर्दा सरकारले नसर्ने रोग मध्येको क्यानसर रोगका रोगी कम गर्न तथा पहिचानका लागि ल्याएको रणनीति महत्वपूर्ण तथा सकारातत्क पनि कदम हो । तर यसरी बनाएका रणनीति व्यवहारमा कति लागू हुन्छ तथा भविष्यमा यसले कति सार्थकता पाउँछ भन्ने चाहि आगामी दिनले प्रष्ट पार्ने नै छ । नेपालमा हुने वार्षिक कुल मृत्युमध्ये ७१ प्रतिशत नसर्ने रोगहरूको कारणले हुने गर्दछ ।
नसर्ने रोगमध्ये क्यान्सर रोगलाई हेर्ने हो भने नेपालमा विगत एक दशक अवधिमा क्यान्सर रोगी १३ प्रतिशतले वृद्धि भएको तथ्यांकले देखाउँछ । साथै नसर्ने रोगबाट मृत्यु हुने ७१ प्रतिशत मध्ये ११ प्रतिशत मृत्यु क्यान्सरको कारण हुने सरकारी तथ्यांक छ ।