काठमाडौं । संसदीय छानविन विशेष समितिमा पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले शुक्रबार ९ घण्टा लामो वयान दिए ।
सहकारी ठगी प्रकरणको लफडामा फसेका रास्वपा सभापति समेत रहेका रविले संसदीय छानबिन विशेष समितिलाई रक्षात्मक वयान दिएको खुलेको छ ।
समितिलाई रविले ५० भन्दा बढी मुख्य र अन्य पुरक गरेर झण्डै सय प्रश्नको जवाफ दिएका छन् । तर मुख्यगरी सबैजसो प्रश्नमा रविले जिबीलाई नै दोष देखाउँदै आफ्नो संलग्नता नरहेको पुष्टि गर्न खोजेका छन् ।
आफू कुनै पनि सहकारीमा संलग्न नरहेको र ऋण पनि नलिएको रविको दावी छ । तर रविको नाममा विभिन्न सहकारीको रकम आएको प्रमाणहरु सार्वजनिक भएका छन् । जसमा रविले उक्त कागजातहरुको वैद्यतामाथि नै प्रश्न उठाएका छन् । खासगरी गोर्खा मिडिया नेटवर्क प्रालिमा प्रबन्धकको रुपमा रहेका बेला सहकारीको रकम अपचलन गरिएको तथ्यहरुले बताइरहेका छन् ।
गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रवबन्धक रहेका रविले १५ प्रतिशत (श्वेट) शेयर प्राप्त गरे । तर मुख्य प्रबन्धक जिबी राई नै थिए । रवि र जिबी संचालकका रुपमै रहेका बेला विभिन्न सहकारीको करोडौँ रकम अपचलन भएको थियो । यद्यपि पछि रविले गोर्खा मिडियासँगको आबद्धता त्यागे । तर ग्यालेक्सी टेलिभिजन छाड्दा रविको नाममा सहकारीबाटै झण्डै २ करोड रकम अएको बताइन्छ ।
यसको तथ्यगत आधारप्रति रविले अझै अनविज्ञता प्रकट गर्ने गरेका छन् । यो सबै त्रियाकलाप जिबीको रहेकाले आफूले यसको जिम्मेवारी नलिने तर्क गर्दै आएका छन् ।
कुनै पनि सहकारीबाट ऋण नलिएको दावी गरेका रविले जिबीले गरेको सबै बदमासीको जिम्मा नलिने वयान दिएका छन् । आफू टेलिभिजनमा हुँदा आर्थिक व्यवस्थापनको पाटो जिबीले नै हेर्ने हुँदा त्यसको श्रोतको विषयमा आफू अनविज्ञ रहेको रविको रविको दावी छ ।
संसदीय छानविन समितिले वयानमा सयौँ हारहारीमा प्रश्न उठाएपनि सहकारी ठगी प्रकरणमा रवि स्वयमको प्रत्यक्ष संलग्नता रहको प्रमाणहरु पनि भेटिएको देखिँदैन । जसले रविलाई उन्मुक्तिका लागि केही सहज भएको छ ।
यद्यपि अन्य विस्तृत अनुसन्धानमा रविले दिएको जवाफ र वयानका आधारमा पूर्ण प्रतिवेदन बन्ने छ । तर हालसम्मको रविको दावीलाई मान्ने हो भने जीबी पक्राउ परेमा मात्रै यसको पूर्ण सत्यता पुष्टि हुनेछ ।
प्रमाण प्रशस्त नहुँद काँग्रेसलाई संकट
सत्तारुढ दल नेपाली काँग्रेसले सहकारी प्रकरणमा रवि लामिछानेलाई तारो बनाउँदै आएको छ । गृहमन्त्री रहेकै बेला रविलाई काँग्रेसले संसददेखि सडकबाटै चर्को विरोध गरेर राजीनामाको समेत माग गर्यो । तर अहिले काँग्रेस सत्तामा मात्रै होइन अनुसन्धानको प्रमुख जिम्मेवारी वहन गर्ने गृहमन्त्रालयको नेतृत्वमा समेत छ ।
यो अवस्थामा रविविरुद्धका आरोप प्रमाणित गर्ने प्रशस्त आधार पनि देखिँदैनन् । जसका कारण काँग्रेसमाथि नैतिक संकटमा पर्ने निश्चित छ । प्रतिपक्षमा रहेका बेला काँग्रेस महामन्त्री गगन थापाले नै रविविरुद्ध प्रशस्त प्रमाण रहेको ठोकुवा गर्दै संसदबाटै राजीनमा मागेका थिए ।
तर अहिले संसदीय छानविन समितिमा रविविरुद्धको ठोष प्रमाण भेटिएका छैनन । जसले काँग्रेसमाथि नै अविश्वास पैदा हुने खतरा बढेको छ । त्यस्तै सहकारी ठगी प्रकरणका मुख्य दोषी जीबी राई खोजी गर्न गृहमन्त्रालय नै चुकेको टिप्पणी पनि हुन थालेका छन् ।
पूर्वगृहमन्त्रीसमेत रहेका रवि लामिछानेले नै जिबी पक्राउ गर्न अनेकौँ पहल गरेका थिए । उनले सरकार छाड्दै गर्दा पनि जिबी राई नजिक प्रहरी पुगिसकेको खुलाएका थिए । तर वर्तमान सरकारले भने जीबी राईलाई पक्राउ गर्न तदारुकता नदेखाएको भन्दै प्रश्न खेपिरहेको छ ।
यहाँसम्मकी गृहमन्त्री रहँदै रवि लामिछाने स्वयमले अघिल्लो सरकारले नै जिबीलाई भगाएको आरोप लगाएका थिए । त्यस्तै सहकारी ठगी प्रकरणको विषय यसअघि प्रतिपक्षमा रहँदा काँग्रेसले जसरी उठाउने गर्दथ्यो, त्यही अनुसारको काम गर्न सकेको छैन । अहिले सत्ता र शक्ति आफ्नै हातमा भएर पनि आरोपको पुष्टि गर्न नसक्दा काँग्रेसलाई रवि नै भारी भइरहेको छ ।