News 24 Television
मर्स्याङ्दीमा खस्यो भारतीय बस, १४ जनाको शव निकालियो

काठमाडौँ । पोखराबाट काठमाडौँ आइरहेको भारतीय नम्बर प्लेटको बस तनहुँको आँबुखैरेनीस्थित मर्स्याङ्दी नदीमा खसेको छ । उक्त दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ । १४ जनाको शव निकालिएको र १६ जना घाइतेको जीवितै उद्धार गरिएको जनाइएको छ ।

आँबुखैरेनीस्थित ऐनापहरा भन्ने ठाउँमा बस मर्स्याङ्दी नदीमा खसेको हो । यूपी ५३ एफडी ७६२३ नम्बरको उक्त भारतीय बसमा करिब ४० जना यात्रु रहेको बताइएको छ ।

दुर्घटनास्थलमा सशस्त्र प्रहरी बलका गोताखोरसहित उद्धारकर्मी खटिएका छन् । दुर्घटनाको कारण खुल्न सकेको छैन । उद्धार कार्य जारी छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १२:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update