News 24 Television
पहिरोले इन्द्रावती नदी थुनिने त्रास, स्थानीय चिन्तित

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–७ तिपेनीमा निरन्तरको सुक्खा पहिरोले इन्द्रावती नदी साँघुरो हुँदै जाँदा थुनिने त्रास बढेको छ । नदी थुनिएको खण्डमा आउन सक्ने सम्भावित बाढीका कारण तिपेनी बजार र इन्द्रावती नदी तटिय क्षेत्र उच्च जोखिममा छ ।

यो दृष्य हो, सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका– ७ तिपेनीमा निरन्तर गईरहेको सुख्खा पहिरोको । वगिरहेको ईन्द्रावति नदिलाई प्रभाव पार्ने गरी अप्रत्यासितरुपमा आईतबार रातिबाट सुख्खा पहिरो झरीरहेको छ । 

२०७१ सालमा सिन्धुपाल्चोकमा गएको जुरे पहिरोकै झल्को दिने गरी बाँसखर्कबाट सुरु भएको पहिरोले पाँचपोखरी थाङपाल गाउँपालिका–७ को तिपेनी बजार र इन्द्रावती नदी तटिय क्षेत्र उच्च जोखिममा छ । 

बाँसखर्कको तल्लो भागबाट झर्न थालेको पहिरो अहिलेसम्म नरोकिएपछि इन्द्रावती नदी थुनिने हो कि भन्दै स्थानीय त्रसित देखिन्छन् । यदि आकस्मिक रुपमा ठूलो पहिरो झरेमा इन्द्रावती नदी थुनिदाँ यसले ठूलो क्षति पु¥याउने भन्दै स्थानीय चिन्तित बनेका छन् । 
 
पहिरोबाट पाँचपोखरीको तिपेनिमा रहेको प्राथमिक अस्पताल सहित, बजार र आसपासका केही संरचना सबैभन्दा बढि जोखिममा छन् । नदीको छेउमा माथिबाट खसेको पहिरोले थुपारेको ग्रेगानले नदि नथुनियोस् भनेर अहिले हटाउने काम भइरहेको छ । 

पहिरो क्षेत्रमा ३५ जनाको सेनाको समुहसहित प्रहरीको विपद् टोली तैनाथ छ । ईन्द्रावती नदिले  तिपेनि प्राथमिक अस्पतालको भवन क्षेत्रको जमिन कटान गरीरहेको छ । नदीले निरन्तर ग्रेगान बगाइरहँदा चर्किएको माथिल्लो भाग खस्ने सम्भावना छ । 

यदी डाँडाको माथिल्लो भाग खस्यो भने नदी थुनिन सक्छ र यसले ठूलो क्षति पु¥याउने भन्दै स्थानीय त्रसित छन् । वर्षाको समय भएकाले अहिले पहिरो नियन्त्रणका लागि दीर्घकालिन उपाय खोज्न नसकिने पालिका अध्यक्ष टासी लामा बताउँछन् ।

पहिरोका कारण बाँसखर्कको तल्लो क्षेत्रमा धाजा फाटेका र चिरा परेका भागहरु पनि एकैपटक नदीमा खस्ने सम्भावना देखिएको छ । त्यसैले नदि जुनसुकै बेला थुनिन सक्ने जोखिम रहेकाले वर्षा र पहिरो खस्न नरोकिएसम्म यस क्षेत्रमा उच्च सतर्कता अपनाउन आवश्यक छ । 

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  ०७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update