काठमाडौं । अहिले देखिएको एमपक्स गराउने भाइरसले स्वरुप परिर्वन गरेसँगै तीव्र गतिमा फैलन थालेको छ । नेपाल पनि एमपक्सको उच्च जोखिममा रहेको भन्दै स्वास्थ्य मन्त्रालयले सातवटै प्रदेशमा रोकथाम र व्यवस्थापनका लागि तयारी थालेको छ ।
हाल मध्य र पूर्वी अफ्रिकामा एमपक्स संक्रमण गराउँने भाइरसको नयाँ प्रजाति ‘क्लेड वान बी’ तीव्र रुपमा फैलिरहेको छ । एमपक्सको विभिन्न प्रजातीहरु मध्ये नयाँ भेरियन्ट बढि संक्रामक मानिएको छ ।
साथै यसको मृत्युदर १० प्रतिशत रहेको समेत बताइएको छ । एमपक्सको प्रजातिहरु मध्ये क्लेड टु को तुलनामा क्लेड वान बी बढि जोखिमपूर्ण तथा खतरनाक समेत मानिएको छ । एमपक्सको नयाँ प्रजाति ‘क्लेड वान को म्युटेशन अर्थात उत्परिर्वतीत स्वरुप ‘क्लेड वान बी’ हो ।
अहिले देखिएको एमपक्सको भाइरस बढि संक्रामक तथा खतरनाक भएकै कारण यो त्रिव रुपमा फैलिदो क्रममा देखिएको जनाएको छ । हाल अफ्रिकामा मात्र नभएर युरोप तथा एसियामा समेत एमपक्स संक्रमण फैलिसकेको छ ।
यसको तीव्र फ्रैलावटकै कारण विश्वव्यापी स्वास्थ्य आपत्कालीन घोषणा समेत गरिएको छ । नेपालमा पनि यसको जोखिम उच्च रहेको भन्दै स्वास्थ्य मन्त्रालयले सातवटै प्रदेशमा रोगको रोकथाम र व्यवस्थापनका लागि अस्पताल र चिकित्सक तोकेको भन्दै मन्त्रालयले विज्ञप्ति समेत जारी गरेको छ ।
नेपालबाट अध्ययन तथा कामका लागि विभिन्न मुलुक जाने नेपालीको संख्या उल्लेखनीय छ । साथै विभिन्न मुलुकहरुबाट नेपालमा पर्यटक भित्रने व्यतिmहरुबाट नेपालमा संक्रमणको जोखिम उतिकै छ ।
साथै २०२४ मा रिपोर्ट गरिएको नयाँ एमपक्सका केसहरु २०२३ को अवधिको तुलनामा १ सय ६० प्रतिशतले वृद्धि भएको समेत बताएको छ ।
कसरी सर्छ एमपक्स संक्रमण ?
- एमपक्स सङ्क्रमित भएको व्यक्ति वा संक्रमित पशुसँगको सम्पर्कमा आउँदा
- मानिसमा भएको कुनै पनि घाउ, खटिरा तथा बिमिराको सम्पर्कबाट
- शरीरमा निस्किएको तरल पदार्थ थुक, ¥यालबाट
- सङ्क्रमित बाँदर, मुसा लोखर्के लगायत जनावरबाट
- भाइरस रहेको ओछ्यान र लुगाबाट
एमपक्स संक्रमणका लक्षण के ?
- एमपक्सको शुरुवाती लक्षण समान्य रुघाखोकी जस्तै हुने
- शुरुमा ज्वरो आउँने, टाउको दुख्ने ढाड तथा मांसपेशी दुख्ने
शरीरमा बिमिराहरु देखिने
- अनुहारबाट शुरु भएका बिमिरा शरीरभरी फैलने
- बिमिरामा पानी भरिने र फुट्ने
यो वर्ष नेपालमा एमपक्स संक्रमित नदेखिए पनि गत वर्षको असारमा एक विदेशी नागरिकमा संक्रमण पुष्टि भएको थियो ।
साथै हाल नयाँ प्रजाति तीव्र फैलिएका कारण नेपालमा पुनः यसको संक्रमण नभेटिएला तथा यसले महामारीको रुप नलेला भन्न कठिन छ ।
यसै विषयलाई मध्यनजर गर्दै स्वास्थ्य मन्त्रालयले थालेको पूर्व तयारीलाई सकारामत्क कदममा रुपमा लिन सकिन्छ । तर, आमनागरिकले पनि एमपक्सको जस्तो संक्रमणबाट जोखिन तथा फैलन नदिन सचेत हुन आवश्यक छ ।
एमपक्सको खतरामा नेपाल, कसरी जोगिने ?