परराष्ट्रमन्त्री राणा र भारतीय विदेशमन्त्री जयशङ्करबीच दिल्लीमा भेटवार्ता
काठमाडौँ । भारतको औपचारिक भ्रमणका क्रममा नयाँ दिल्लीमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा (देउवा) र भारतीय विदेशमन्त्री एस. जयशङ्करबीच नयाँदिल्लीमा भेटवार्ता भएको छ ।
सोमबार भएको औपचारिक भेटवार्तामा नेपाल र भारतको द्विपक्षीय हित, नेपाल–भारत सम्बन्धका विविध पक्ष, आपसी सहयोग आदानप्रदान र सहकार्यबारे छलफल भएको बताइएको छ ।
भारतीय विदेशमन्त्री जयशङ्करकै निमन्त्रणामा परराष्ट्र मन्त्री राणा आइतबार भारत भ्रमणमा गएकी थिइन् । पाँचदिने भ्रमण सकेर उनी यही भदौ ६ गते स्वदेश फर्कने कार्यक्रम छ ।
प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१ १४:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय