News 24 Television
कोमामा पर्यटन बोर्ड, विकासका नारा गफैमा सिमित

काठमाडौं । अर्थतन्त्र सिथिल हँुदा पर्यटनको क्षेत्रमा सरकारी लगानी कम भएको भन्ने स्वर चर्काे रुपमा उठ्छ । सरकारले पर्यटन विकास गर्न नसक्दा राज्यले आम्दानी गुमाएको ठुलै चर्चा हुन्छ । तर अहिले नेपाली पर्यटकीय क्षेत्रको बिकास गर्दै विश्वमा नेपाली पर्यटन क्षेत्रको प्रचारप्रसार गर्न खोलिएको पर्यटन बोर्ड भने ६ महिनादेखि नेतृत्व विहिन हुन पुगेको छ । 

६ महिनादेखि पर्यटन बोर्ड नेतृत्वविहिन छ । सरकारले अझै यसको प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्न सकेको छैन । यसैमाथि सरकार परिर्वतन हुने वित्तिकै हुने राजनीतिक हस्तक्षेपले बोर्ड आफै थिलो थिलो भएको छ । बोर्डमा प्रमुख कार्यकारी अधिकृत समयमै नियुक्त हुन नसक्दा गत आर्थिक बर्षमा बोर्डले १ अर्ब ३६ करोड बजेट मध्ये जम्मा २५ करोड मात्रै खर्च गर्याे । 

चालु आर्थिक बर्षमा भने बोर्डले अझै सम्म कार्यक्रम निर्माण गर्न नै सकेको छैन । समयमा बोर्डका प्रमुख कार्यकारी अधिकृत नियुक्त नहुदाँ काम कार्वाहीमा समस्या परेको छ । 

पर्यटन प्रवद्र्र्धनको काम गर्न भन्दै २०५३ सालमा पर्यटन बोर्डको स्थापना गरिएको हो । यसले नेपालका पर्यटकीय क्षेत्रहरुको विश्व बजारमा प्रचारप्रसार गर्ने काम गर्छ । नेपाली अर्थतन्त्र सुधारका लागि पर्यटन विकासमा जोड दिनुपर्ने कुराहरु पनि चर्काे स्वरमा मै उठ्छ । तर पर्यटन क्षेत्रको मेरुडण्डकै रुपमा रहेको पर्यटन बोर्डको प्रमुख निर्देशक चयन हुन नसक्दा बोर्ड नै कोमामा पुगेको छ । त्यसैले सरकारले बोर्डका निर्देशक चयन गर्न ढिलाई गर्न नहुने बोर्डका पूर्व सदस्य बताउँछन् । 

सरकारले सन् २०२३ देखी २०३३ सम्म नेपाललाई भ्रमण दशकका रुपमा घोषणा गरेको छ । तर अहिले पनि पर्यटकीय गन्तव्यमा पुग्नका लागि आवश्यक पूर्वाधारको विकास गर्न सकेको छैन । 

अझै थलिएको अर्थतन्त्र सुधारका लागि पर्यटन क्षेत्रको विकाश र पर्वद्धन गर्नु पर्ने सरकारकै नारा छ । तर मुलुकको राजनीतिक अस्थिरताकै कारण सरकार आफैले पर्यटन बोर्डको प्रमुख निर्देशक समेत चयन नगरेर रमिता देखाई रहेको छ ।

प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  ०७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update