News 24 Television
खेलाडीको वरियता निर्धारणसहितको बागमती प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न 

काठमाडौँ ।  खेलाडीको वरियता निर्धारण सहितको बागमती प्रदेश स्तरीय खुला लिग तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । नेपाल तेक्वान्दो संघ बागमती प्रदेशको आयोजना र जिल्ला समन्वय समिति काठमाडौंको संयोजनमा शनिबार नागार्जुन नगरपालिका१० स्थित नागार्जुन कभर्डहल स्यूचाटारमा प्रतियोगिता सम्पन्न भएको हो । 

प्रतियोगितामा बागमती प्रदेशबाट सहभागी भएका २७० जना खेलाडीमध्ये प्रथम द्धितीय तृतीय गरि उत्कृष्ठ ३ वरियता निर्धारण गरिएको छ । 

कार्यक्रममा जिल्ला समन्वय समिती काठमाडौँका अध्यक्ष सन्तोष बुढाथोकीले अन्तराष्ट्रिय स्तरमा खेलाडीको वरियता निर्धारण नियमित प्रक्रिया भएपनि नेपालका लागि भने नौलो प्रयोग भएको बताए । यस प्रतियोगिताले सिँगो खेलकूद क्षेत्रलाई नयाँ आयाम दिँदै राष्ट्रिय खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ । 

974cd248-51e9-46fe-a627-dae47c4e3703-1723978012.jpg
बागमती प्रदेश तेक्वान्दो संघका अध्यक्ष केशव पुरीले यस प्रतियोगिताले खेलाडीको वरियता निर्धारणसँगै उत्कृष्ट खेलाडी उत्पादन र खेलाडीको मनोबल बृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा ब्यक्त गरे ।  

उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्धेश्यका साथ गत महिना नेपाल तेक्वान्दो संघ बागमती प्रदेश र जिल्ला समन्वय समिति काठमाडौं बीच २ वर्षका लागि सहकार्य गर्ने सम्झौता भएको थियो । काठमाडौँ भित्र रहेका ११ वटै नगरपालिकामा कार्यक्रम गर्ने तालिका अनुरुप शनिबार स्युचाटारमा प्रतियोगिता गरिएको हो । प्रत्येक ३, ३ महिनाको अन्तरमा वार्षिक ४ वटा कार्यक्रम आयोजना गर्ने कार्यतालिका रहेको छ ।

67ad4151-62c5-442e-b046-f5a661a76c3f-1723978013.jpg
प्रतियाेगितामा नागार्जुन नगरपालिका का मेयर मोहन बहादुर बस्नेत, जिल्ला समन्वय समिति काठमाडौंका अधक्ष सन्तोष बुढाथोकी, नेपाल तेक्वान्दो संघका केन्द्रिय अध्यक्ष प्रकाश राणा एवं उपाध्यक्ष मणि बहादुर चन्द, बागमती प्रदेश तेक्वान्दो संघका अध्यक्ष केशव पुरी एवं महासचिव हरिहर ढुंगाना, बागमती प्रदेश तेक्वान्दाे संघका सचिव उमेश नकर्मी,  प्रविधि प्रमुख राजेश प्रजापति, नागार्जुन नगरपालिकाका वाडाध्यक्षहरुका साथै बागमती प्रदेश तेकन्दो संघका तेह्र जिल्लाका  पधिकरी र खेलाडीहरुको उपस्थिति थियाे । 

96491bad-a66c-4333-b427-a241199c53b0-1723978014.jpg

01904f3b-49b6-4a74-a4a9-0ad7ea0ac19f-1723978012.jpg

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update