News 24 Television
शरणार्थी प्रकरणका अभियुक्त बेचन झा थुनामा

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका  बेचन झालाई काठमाडौँ जिल्ला अदालतले थुनामा पठाउने आदेश दिएको छ ।

आइतबार जिल्ला न्यायाधीश तीर्थराज केसीको इजलासले झालाई धरौटीमा रिहा गर्न अस्वीकार गरेको हो । झालाई थप अनुसन्धान (पुर्पक्ष)का लागि थुनामा पठाउने न्यायाधीश केसीको आदेश छ ।

नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाउने धन्दामा संलग्न रहेको आरोपमा झा डेढ महिनाअघि पक्राउ परेका थिए । उनलाई ठगी, लिखत किर्ते, राज्यविरुद्ध अपराध र सङ्गठित अपराधसम्बन्धी कसुरमा प्रतिवादी बनाएर जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो । 

झाका वकिलहरुले शुक्रबार उनलाई धरौटीमा छाड्नुपर्ने भन्दै बहस गरेका थिए । तर अदालतले गम्भीर प्रकृति अपराध देखिएकाले धरौटीमा छाड्न मानेन ।
 

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १६:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update