परराष्ट्रमन्त्री डा. आरजु ५ दिने भारत भ्रमणका लागि प्रस्थान
काठमाडाैँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा भारत प्रस्थान गरेकी छन् । आईतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै उनी भारत प्रस्थान गरेकी हुन् ।
मन्त्री देउवाले ५ दिनसम्म भारत भ्रमणमा बिताउने कार्यतालिका रहेकाे छ । भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा उनी भारत भ्रमणमा गएकी हुन् ।
भारत भ्रमणका क्रममा देउवाले भारतीय समकक्षी जयशंकरसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यतालिका छ । दुई देशबीचको हितका लागि सम्बन्ध सुधार र सहकार्यका विषयमा छलफल हुने बताइएको छ ।
परराष्ट्र मन्त्री देउवाको याे भ्रमण नेपाल र भारतबीच नियमित उच्चस्तरीय आदानप्रदानको परम्पराअनुसार भएको बताइएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ २, २०८१ १२:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय