News 24 Television
अहिले भारत अनुकुलको सरकार छ : पूर्वराजदुत उपाध्याय

काठमाडाैँ । भारतका लागि पूर्वराजदुत दीपकुमार उपाध्यायले नेपाल-भारत सम्बन्धमा सुधार्न अनुकुल सरकार भएको टिप्पणी गरेका छन् ।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको भारत भ्रमणको विषयमा कुराकानी गर्दै पूर्वराजदुत उपाध्यायले नेपाल-भारत सम्बन्ध सुधारका लागि दुवै देशमा अनुकुलको सरकार बनेको बताए । 

पूर्वराजदुत उपाध्यायले परराष्ट्रमन्त्री डा. राणाले इमान्दारिताका साथ प्रयास गरेमा सम्बन्ध सुधारमा धेरै काम गर्नसक्ने बताए । नेपाल-भारतबीचको सम्बन्ध अन्य देशको भन्दा फरक भएकाले बोली र गराइलाई एकरुपता दिन आवश्यक रहेको उनले बताए ।

समस्याको पहिचान गरेर राजनैतिक सम्बन्ध बलियो बनाउनसके धेरै काम गर्न सकिने भन्दै उनले कुटनीतिक सम्बन्ध सुधार्न र राम्रो बनाउन दोहोरो चरित्र देखाउन नहुने सुझाव दिए ।

विगतको भन्दा बलियो सरकार भएकाले सम्बन्ध सुधार गर्न अवसर रहेको पनि उनले बताए । सामाजिक सञ्जाल र हल्का व्यवहार तथा टिप्पणीबाट बच्न परराष्ट्रमन्त्री देउवालाई उनले सुझाव दिए । नेपालले सम्बन्ध विस्तारमा विगतमा धेरै गल्ती गरेकाले संवेदनशील भएर वाता एवं छलफल गर्न आवश्यक रहेको उनकाे सुझाव छ ।

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update