News 24 Television
उज्यालो अभियानको परिणामः छिट्टै सत प्रतिशत विद्युतीकरण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म लामो समयको लोडसेडिङले आक्रान्त थियो । तर विद्युतीय क्षेत्रमा उचित ब्यवस्थापन गरिँदा लोडसेडिङको समस्या अन्त्य भयो । विद्युत भएको ठाउँमा लोडसेडिङको पीडा र कतिपय तराईका सुगम ठाउँमा समेत विजुली पुग्न सकेको थिएन । 

नेपाल विद्युत प्राधिकरणको तथ्यांकअनुसार ८ वर्षअघिसम्म नेपालमा ५८ प्रतिशत घरधुरीमा मात्रै विजुली पुगेको थियो । अहिले ९९ प्रतिशत घरधुरीमा विजुली पुगेको दाबी नेपाल विद्युत प्राधिकरणले गरेको छ । 

मुलुकको विजुली विदेशलाई विक्री गर्ने तहसम्म नै नेपाल आइपुगेको छ । नेपाल विद्युत प्राधिकरणको ३९ औं वार्षिक उत्सवका अवसरमा प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङले अब छिट्टै मुलुकमा सतप्रतिशत विद्युतीकरण घोषणा हुने बताएका छन् । 

सरकारले सञ्चालन गरेको उज्यालो नेपाल अभियानको सबैभन्दा ठूलो सफलताका रुपमा यसलाई लिइएको छ । वर्षायाममा भारततर्फ विद्युत निर्यात गरी उल्लेख्य विदेशी मुद्रा आर्जन गर्न र व्यापार घाटा कम गर्नसक्ने अवस्थामा पुगेको पनि घिसिङले बताएका छन् । 

हिउँद याममा अझै केही महिना विद्युत आयात गर्नुपरेता पनि आयातको परिणाम क्रमशः घट्दै जाने अपेक्षा प्राधिकरणको छ । गत आर्थिक वर्षबाट देशभित्र खपत गरी बढी भएको विद्युत भारतीय बजारमा बिक्री गरी खुद निर्यातकर्ता बनेर नेपालले गौरवमय इतिहास बनाइसकेको छ । 

हिउँद याममा अझै केही महिना विद्युत आयात गर्नुपरे पनि आयातको परिणाम क्रमशः घट्दै जाने घिसिङले बताएका छन् । सुकुम्वासी, चेपाङ र मुसहर लगायतका विपन्न वर्गहरुलाई निःशुल्क मिटरसहितको विद्युत सेवा उपलब्ध गराएको पनि प्राधिकरणको भनाइ छ । 

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  ०६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update