News 24 Television
अटोमोटिभ व्यावसायी एसोसिएसनद्वारा प्रधानमन्त्रीसँग छलफल

काठमाडौं । नेपाल अटोमोटिभ व्यावसायी एसोसिएसनले प्रधानमन्त्री शर्मा ओलीसँग भेटघाट तथा छलफल गरेको छ । 

अटोमोबाइल्स व्यावसाय र व्यावसायीहरुलाई समेट्ने गरि बनेको नयाँ  संस्थाका कार्यबाहक अध्यक्ष कुमार चिमोरिया नेतृत्वको टोलीले प्रधानमन्त्री ओलीलाई भेटेर यस क्षेत्रका समस्या र चुनौतिको विषयमा छलफल गरेको हो । 

प्रधानमन्त्री सँगको छलफलमा संस्थाका महासचिव प्रकाश बस्नेत, सचिव कमल गौतम र नेत्र कटुवाल पनि सहभागी थिए । 

उनीहरुले अटोमोटिभ व्यवसाय क्षेत्रमा देखिएका विभिन्न  चुनौती र समस्याहरुका बिषयमा  छलफल गरि  समाधान उपायहरु बारे जानकारी  समेत गराएका थिए ।

एसोसिएसनले सातै प्रदेशका यातायात कार्यालयमा देखिने सर्भर सम्बन्धि समस्या  पाार्किङ्ग, सौचालय, लगायतका समस्याहरु सहित १५ वर्ष माथि थप करका विषय, सहज कर्जा, उपलब्ध गराउने,  नयाँ तथा पुराना सवारी खरिद बिक्री गर्दाका बखत आर्थिक कारोबार चेकमा गर्दा भोक्न परेका समस्या, उचित मापदण्ड र कानुन नबन्दा अटोमोटिभ मर्मत केन्द्रहरुले खेप्न परेका विभिन्न समस्या र नक्कली गाडीका पार्ट्सबाट उपभोक्ता ठगिने समस्याहरु जस्ता सात बुदे माग सहितका बिषयमा छलफल गरेको छ । 

प्रधानमन्त्रीले छलफलका क्रममा अटोमोटिभ व्यवसायीहरुको समस्या समाधान गर्न आफू सकारात्मक रहेको प्रतिकृया दिएका छन् ।

अटोमोटिभ व्यावसाय क्षेत्रमा देखिएका समस्या समाधान गर्न यस अघि पनि नेपाल अटोमोटिभ व्यवासायी एसोसिएसनले सम्बन्धित सरोकारवाला निकायहरु सँग छलफल गर्दै आएको छ । 

प्रकाशित मिति: शनिबार, भदौ १, २०८१  ०८:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update