झापा । परिवारको सुन्दर सपना बोकेर सात समुन्द्रपारी ओमन पुगेकी झापा मेचीनगरकी बीनादेवी कवर अहिले परदेशमा नै जिवनमरणको दोसाधमा रहेकी छिन् ।
श्रीमान् सहित दुई छोरा र एक छोरीको भविष्य बनाउने सपना बोकेर ६ वर्षअघि पर्देशीएकी उनी अहिले उतै अचेत अवस्थामा रहेकी हुन् ।
आर्थिक अवस्था कमजोर रहेको कवर परिवारको सुन्दर सपना बोकेर २०७५ सालमा वैदेशिक रोजगारीका लागि ओमन पुगेकी मेचीनगर–१० कवर वस्तीका चिनीलाल कवरकी श्रीमती ४५ वर्षीया बीनादेवी ढेड वर्षदेखि त्यहाँको एक अस्पतालमा कोमामा रहेको उनका जेठा छोरा सञ्जय कवरले बताए ।
झापाकै गोरे नाम गरेका व्यक्ति मार्फत आफ्नी आमा हाउसमेडका लागि भारत हुँदै ओमन गएको र उतै समस्या भएको सञ्जय बताउँछन् ।
आमाले पैसा अलिअलि भएपनि पठाउँदै हुनु हुन्थ्यो, २०७९ माघ २३ गते अचानक विरामी भएको खवर आयो, परिवारमा बज्रपात नै पर्यौ । उनले भने ‘आमालाई पेसर र सुगर भएर प्यारालाइसीस भएछ’ ढेड वर्षदेखि त्यहाँको एक अस्पतालमा कोमामा रहेको जानकारी छ ।
आर्थिक अभावका कारण परदेशमा विरामी रहेकी आमालाई यतिका महिनासम्ममा पनि स्वदेश ल्याउन नसकिएको उनले दुख पोखे । आमालाई घर ल्याउन करिव १३ लाख खर्च लाग्ने छ ।
आर्थिक अवस्था कमजोर रहेको कारण यतिका पैसा जुटाउन समस्या छ त्यसैले आमालाई विदेशबाट ल्याउन सबैसँग सहयोगको अपेक्षा रहेको छ ।’
धुलाबारीका स्थानीय समाजसेवी तथा रिटर्नी फेरेडेशन नेपाल कोशी प्रदेशका कार्यवाहक अध्यक्ष धमेन्द्र खडकाले ओमनको नेपाली दुताबासका कन्सुलर गोविन्दप्रसाद आचार्यसँग सम्पर्क राख्दा उनले मस्कट शहरदेखि एक हजार १४ किलोमिटर टाडा रहेको सरकारी सुल्तान कावुस्स सलाह अस्पतालमा बिनादेवी कवरको उपचार भइरहेको जानकारी दिएको बताए ।
उनले कन्सुलर आचार्यले उहाँलाई गरिने सबै उपचार गरिसकेको जानकारी दिएको बताए ।
उनका अनुसार बिनादेवी अचेत अवस्थामा छिन्। चेतना छ, बोली आउँदैन । मान्छे हेर्दा अलिअलि चिन्ने गर्छिन । उनलाई नेपाल ल्याउन मेडिकल सर्पोटको टिमसहित दुईवटा जहाजमा परिवर्तन गर्नुपर्छ हुन्छ जसको लागि १३ लाख बढी नेपाली रुपैयाँ खर्च हुन्छ ।
विरामी बिनाका श्रीमान चिनीलाल धुलाबारीमा नै सामान्य ज्यालादारीमा काम गर्छन् । जेठा छोरा सञ्जय मेचीनगर–७ स्थित राज टिस्टेटमा मजदुरी गर्छन्, कान्छो छोरा सुरज काठमाडौँमा मूर्ति बनाउने काम गर्छन् भने छोरी अनिता कवरको विवाह भइसकेको छ ।