News 24 Television
अमेरिकी सरकारले दियो महँगा औषधिहरूमा भारी छुट

काठमाडाैँ । अमेरिकी सरकारले अर्बौं बचत गर्न औषधिको मूल्य घटाउने सहमति गरेको छ । औषधिको सूचि मूल्यमा ३८ देखि ७९ प्रतिशतसम्म छुट दिने सहमति भएको हो ।

अमेरिक राष्ट्रपति जो बाइडेनसहितको छलफलमा औषधिको मूल्यमा सहुलियत दिने सहमति भएको बताइएको छ ।  औषधिको छुट भने महँगो औषधिहरूमध्ये १० को सूची रहेको छ ।

अमेरिकी स्वास्थ्य तथा मानव सेवा विभाग (एचएचएस) का अनुसार औषधि उत्पादकहरूसँग महिनौंसम्मको वार्तापछि औषधिको सूची मूल्यमा ३८ देखि ७९ प्रतिशतसम्म छुट दिने सहमति भएको छ ।

नयाँ वार्ता गरिएको मूल्यहरूले लाखौं वृद्ध अमेरिकीहरूले मधुमेह, रक्त क्यान्सर व्यवस्थापन गर्न र मुटुको विफलता वा रगत जम्नबाट जोगाउन प्रयोग गर्ने औषधिहरूको मूल्यलाई असर गर्नेछ । मूल्य घटाइएका औषधिहरूमा रगत पातलो गर्ने र मधुमेहको औषधि जार्डियन्स र जानुभिया समावेश छन् । 

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  १०:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update